मध्यम जीवन संकट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मध्यम जीवन संकट

हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

याकूब 1 : 1 – 27
1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
3 किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।
4 धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।
6 तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7 त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।
9 दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्,
10 र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।
11 किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।
16 मेरा प्‍यारा भाइ हो, धोकामा नपर।
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।
18 उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

१ यूहन्‍ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्‍यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्‍छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्‍ट।
2 उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं।
4 जसले “म उहाँलाई चिन्‍छु” भन्‍छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।
6 उहाँमा रहन्‍छु भन्‍ने व्‍यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्‍यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्‍दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्‍धकार बितिरहेछ, र साँचो ज्‍योति अघिदेखि नै चम्‍किरहेछ।
9 जसले आफू ज्‍योतिमा छु भनी भन्‍छ तर आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अझै पनि अन्‍धकारमा नै छ।
10 जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन।
11 तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।
17 संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ।
21 तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।
23 पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌।
29 उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *