यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मध्यम
लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 20 : 27
27 “‘तिमीहरूमध्ये कुनै पुरुष वा स्त्रीले झाँक्री, बोक्सी वा जादू-मन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्’।”
यशैया 8 : 19
19 जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्त्रमन्त्र गर्ने धामीझाँक्रीसँग सल्लाह लेओ भनी भन्लान्, तब के मानिसहरूले आफ्ना परमेश्वरकहाँ गएर सोध्नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्ने?
१ इतिहास 10 : 13 – 14
13 यसरी शाऊलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनुपर्यो। तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए।
14 तिनले परमप्रभुको सल्लाह लिएनन्। यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्य यिशैका छोरा दाऊदलाई सुम्पनुभयो।
Leave a Reply