यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मधुमेह
प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
३ यूहन्ना 1 : 2
2 प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु।
हितोपदेश 25 : 16
16 मह भेट्टाइस् भने चाहिँदो मात्र खा, यो धेरै खाइस् भने तैंले बान्ता गर्नेछस्।
अय्यूब 6 : 6 – 7
6 के खल्लो खानेकुरा नूनविना खान सकिन्छ? के अण्डाको सेतो भागमा केही स्वाद हुन्छ?
7 मलाई भोक लाग्दा पनि ती छुन मन लाग्दैन, यस्तो भोजनले मलाई बिरामी बनाउँछ,
भजनसंग्रह 46 : 10
10 “शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।”
Leave a Reply