मतदान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मतदान

व्यवस्था 1 : 13
13 तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।”

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

प्रस्‍थान 18 : 17 – 21
17 मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन।
18 तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्‍ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्‍नेछैनौ।
19 मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू।
20 तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू।
21 तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर।

व्यवस्था 17 : 14 – 20
14 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने,
15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको व्‍यक्तिलाई नै तिमीहरूले निश्‍चय गरेर आफ्‍ना राजा मान्‍नू। तिनी तिमीहरूका दाजुभाइमध्‍येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन।
16 ती राजाले असंख्‍य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्‍याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्‍यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ।
17 तिनले आफ्‍नो लागि धेरै पत्‍नीहरू जम्‍मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्‍ना निम्‍ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्‌।
18 जब तिनी आफ्‍नो राजसिंहासनमा बस्‍छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्‍यवस्‍थाको एक प्रति नकल एउटा पुस्‍तकमा तिनले उतारून्‌।
19 त्‍यस व्‍यवस्‍थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्‍तक तिनीसँग रहोस्‌ र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको डर मान्‍न सिकून्‌।
20 तिनले आफैलाई आफ्‍ना दाजुभाइहरूभन्‍दा श्रेष्‍ठ नठानून्, र व्‍यवस्‍थाबाट तर्केर दाहिने वा देब्रे नलागून्‌। यसरी तिनी र तिनका सन्‍तानले लामो समयसम्‍म इस्राएलमा तिनको राज्‍यमाथि शासन गर्नेछन्‌।

तीतस 3 : 1 – 11
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।
2 तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन्‌ र सबै मानिससँग भद्रताको व्‍यवहार गरून्‌।
3 किनभने हामी पनि एक पल्‍ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं।
4 तर जब परमेश्‍वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो,
5 तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,
6 जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो,
7 ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं।
8 यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्‌।
9 तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्‍यवस्‍थासम्‍बन्‍धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्‍यर्थका हुन्‍छन्‌।
10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,
11 यो जानेर कि यस्‍तो मानिस भ्रष्‍ट र पापी हो। त्‍यो आफै दोषी ठहरिएको छ।

उपदेशक 10 : 2
2 बुद्धिमान्‌ मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्‍छ।

रोमी 13 : 1
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

हितोपदेश 25 : 26
26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

भजनसंग्रह 146 : 3 – 10
3 आफ्‍नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्‍दैनन्‌।
4 जब तिनीहरूको आत्‍मा निस्‍कन्‍छ, तिनीहरू माटोमा मिलिहाल्‍छन्‌। त्‍यही दिन तिनीहरूका योजनाहरू पनि नष्‍ट हुन्‍छन्‌।
5 त्‍यो मानिस धन्‍यको हो, जसको सहायता याकूबका परमेश्‍वरमा छ, जसको आशा परमप्रभु त्‍यसका परमेश्‍वरमा हुन्‍छ।
6 उहाँ स्‍वर्ग र पृथ्‍वी, समुद्र र त्‍यसमा भएका यावत्‌ थोकका सृष्‍टिकर्ता हुनुहुन्‍छ। परमप्रभु सदाकालको निम्‍ति विश्‍वासयोग्‍य रहनुहुन्‍छ।
7 उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्‍याय दिनुहुन्‍छ, र भोकाहरूलाई भोजन दिनुहुन्‍छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्‍छ।
8 परमप्रभुले अन्‍धाहरूका आँखा खोलिदिनुहुन्‍छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्‍छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्‍छ।
9 विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।
10 परमप्रभुले सदासर्वदा राज्‍य गर्नुहुनेछ, ए सियोन, तिम्रा परमेश्‍वरले पुस्‍तौँ-पुस्‍तौँसम्‍म राज्‍य गर्नुहुनेछ। हल्‍लेलूयाह!

२ थेसलोनिकी 3 : 1 – 2
1 अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो,
2 र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्‍वास हुँदैन।

यशैया 9 : 16
16 यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्‌। तिनीहरूबाट डोर्‍याइएकाहरूचाहिँ बरालिएका छन्‌।

व्यवस्था 28 : 47 – 48
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।

व्यवस्था 28 : 1 – 68
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।
2 परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
3 तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
4 तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।
10 तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।
11 तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌:
16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।
17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।
18 तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20 उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ।
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।
22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌।
24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।
25 परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।
26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।
27 निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।
28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।
29 अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ।
31 तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन।
33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
34 तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।
35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।
36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।
37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।
38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।
39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌।
40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌।
41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌।
42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।
43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।
44 त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।
45 परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌।
46 तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌।
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49 परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ,
50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।
51 अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।
52 तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
54 तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन,
55 यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
56 तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई
57 त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे।
58 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,
59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ।
60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌।
61 यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ।
62 तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ।
63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64 तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।
65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
66 तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!”
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।

१ शमूएल 8 : 1 – 22
1 जब शमूएल वृद्ध भए तब तिनले आफ्‍ना छोराहरूलाई इस्राएलका न्‍यायकर्ता नियुक्त गरे।
2 तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।
3 तर तिनका छोराहरू आफ्‍ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्‍नै लाभको मात्र विचार गरी घूस लिएर न्‍याय भ्रष्‍ट गर्थे।
4 यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए।
5 तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्‌दैनन्‌। यसकारण अरू जातिहरूजस्‍तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्‌।”
6 तर शासनको निम्‍ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे।
7 तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌।
8 मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌।
9 तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।”
10 राजाको माग राख्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।
11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्‍ता किसिमका हुनेछन्‌: उनले तिमीहरूका छोराहरूलाई आफ्‍ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्‍ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्‌।
12 कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्‌। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन्‌ र फसल काट्‌नेछन्‌। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्‍त्रशस्‍त्र बनाउनेछन्‌।
13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्‍ति लानेछन्‌।
14 उनले तिमीहरूका सबैभन्‍दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्‍ना नोकर-चाकरहरूलाई दिनेछन्‌।
15 आफ्‍ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्‍ति उनले तिमीहरूका अन्‍नको र दाखको फसलको दशौँ अंश लानेछन्‌।
16 उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्‍दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्‍नै काममा चलाउनेछन्‌।
17 उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ।
18 त्‍यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्‍ति तिमीहरू कराउनेछौ, तर त्‍यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्‍कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ।
20 तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्‍तै हुनेछौं।”
21 मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्‍याए।
22 अनि उहाँले यस्‍तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्‍ति एक जना राजा नियुक्त गर्‌।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्‍नो घरमा पठाइदिए।

१ कोरिन्थी 1 : 10 – 13
10 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ।
11 किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने कुरा क्‍लोएका परिवारहरूले मलाई खबर दिएका छन्‌।
12 मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।
13 के ख्रीष्‍ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्‍ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्‍तिस्‍मा भयौ र?

मत्ती 7 : 15 – 23
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।
16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?
17 त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
18 असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ।
19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।
20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।
21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

१ यूहन्‍ना 5 : 19
19 हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ।

प्रस्‍थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
9 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
13 “हत्‍या नगर्नू।
14 “व्‍यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।
24 “मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु।
25 तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।

१ शमूएल 8 : 6 – 22
6 तर शासनको निम्‍ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे।
7 तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌।
8 मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌।
9 तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।”
10 राजाको माग राख्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए।
11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्‍ता किसिमका हुनेछन्‌: उनले तिमीहरूका छोराहरूलाई आफ्‍ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्‍ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्‌।
12 कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्‌। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन्‌ र फसल काट्‌नेछन्‌। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्‍त्रशस्‍त्र बनाउनेछन्‌।
13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्‍ति लानेछन्‌।
14 उनले तिमीहरूका सबैभन्‍दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्‍ना नोकर-चाकरहरूलाई दिनेछन्‌।
15 आफ्‍ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्‍ति उनले तिमीहरूका अन्‍नको र दाखको फसलको दशौँ अंश लानेछन्‌।
16 उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्‍दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्‍नै काममा चलाउनेछन्‌।
17 उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ।
18 त्‍यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्‍ति तिमीहरू कराउनेछौ, तर त्‍यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्‍कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ।
20 तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्‍तै हुनेछौं।”
21 मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्‍याए।
22 अनि उहाँले यस्‍तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्‍ति एक जना राजा नियुक्त गर्‌।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्‍नो घरमा पठाइदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *