यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मचपेला
उत्पत्ति 23 : 9
9 कि उनले आफ्नो निजी मक्पेलाको ओड़ार मलाई बेचून्। त्यो उनका खेतको छेवैमा छ। त्यसको पूरा दाममा तपाईंहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्।”
उत्पत्ति 23 : 20
20 यसरी त्यो खेत र त्यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्कासँग दर्ता भयो।
उत्पत्ति 25 : 9
9 उनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्पेलाको ओड़ारमा गाड़े।
उत्पत्ति 49 : 31
31 त्यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई गाड़ेका थिए। र त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाड़ेका थिए। त्यहीँ नै मैले लेआलाई गाडें।
उत्पत्ति 50 : 13
13 तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े।
प्रेरित 7 : 16
16 त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।
Leave a Reply