मगिद्दो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मगिद्दो

यहोशू 17 : 11
11 इस्‍साखार र आशेरमा मनश्‍शेलाई यति पर्‍यो: बेथ-शान र त्‍यसका बस्‍तीहरू, यिबलाम र त्‍यसका बस्‍तीहरू र डोरका, एन्‍दोरका, तानाकका र मगिद्दोका बासिन्‍दाहरू र तिनीहरूका बस्‍तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।

१ इतिहास 7 : 29
29 मनश्‍शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्‍तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तान बस्‍थे।

यहोशू 12 : 21
21 तानाकका राजा, एक, मगिद्दोका राजा, एक,

१ राजाहरू 9 : 15
15 सोलोमन राजाले परमप्रभुको मन्‍दिर, आफ्‍नो निजी महल, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा मजदूरहरू लगाएको विवरण यही हो।

१ राजाहरू 4 : 12
12 तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्‍मामसम्‍ममा— अहीलूदका छोरा बाना,

२ राजाहरू 9 : 27
27 जब यहूदाका राजा अहज्‍याहले यो देखे, तब तिनी बेथ-हागान जाने बाटो भएर भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिद्दोमा गए, र त्‍यहीँ नै मरे।

न्यायकर्ताहरू 5 : 19
19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाइँ गरे। तर तिनीहरूले कुनै चाँदी, कुनै लूटका माल लगेनन्‌।

२ राजाहरू 23 : 30
30 योशियाहका सेवकहरूले तिनको लाश रथमा हालेर मगिद्दोबाट यरूशलेममा ल्‍याए, र तिनको आफ्‍नै चिहानमा तिनलाई गाड़े। त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको सट्टामा राजा अभिषेक गरे।

२ इतिहास 35 : 24
24 यसैले तिनीहरूले तिनलाई आफ्‍नो रथबाट उठाएर तिनको दोस्रो रथमा चढ़ाएर यरूशलेममा ल्‍याए। अनि तिनी त्‍यहीँ नै मरे, र तिनका पित्रहरूका चिहानहरूमा तिनी गाड़िए। अनि सारा यहूदा र यरूशलेमले तिनको निम्‍ति शोक मनाए।

जकरिया 12 : 11
11 मगिद्दोको बेँसीमा हदद-रिम्‍मोनको जस्‍तो ठूलो रुवाबासी भएको थियो, त्‍यस्‍तै ठूलो विलाप त्‍यस दिन यरूशलेममा हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *