यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मक्केदा
यहोशू 10 : 28
28 अनि त्यही दिन यहोशूले मक्केदा कब्जा गरे, र त्यसलाई र त्यसका राजालाई समेत तरवारले नाश गरे। तिनले त्यसमा भएका सबै मानिसहरूलाई नाश गरे, र कसैलाई पनि बाँकी राखेनन्। तिनले यरीहोका राजालाई गरेजस्तै मक्केदाका राजालाई पनि गरे।
यहोशू 12 : 16
16 मक्केदाका राजा, एक, बेथेलका राजा, एक,
यहोशू 10 : 5
5 तब एमोरीहरूका पाँच राजा, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्यसको विरुद्ध लड़ाइँ गरे।
यहोशू 10 : 27
27 सूर्यास्तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्म छँदैछ।
Leave a Reply