यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भ्रातृत्व
उत्पत्ति 13 : 8
8 यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं।
व्यवस्था 15 : 15
15 मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्झना गर। त्यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।
भजनसंग्रह 22 : 22
22 म मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 133 : 3
3 त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ।
जकरिया 11 : 14
14 तब यहूदा र इस्राएलका बीचका दाजुभाइको नाता टुटाइदिनलाई मैले ‘एकता’ नाउँ भएको अर्को लहुरो भाँचें।
मलाकी 2 : 10
10 “हामी सबैका एउटै पिता हुनुहुन्न र? के एउटै परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको होइन र? त किन हामी एकले अर्काको विश्वास भङ्ग गरेर हाम्रा पिता-पुर्खाको करारलाई अपवित्र पार्छौं?
मत्ती 5 : 24
24 तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।
मत्ती 18 : 18
18 “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ।
मत्ती 18 : 22
22 येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट।
मत्ती 18 : 35
35 “तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।”
मत्ती 23 : 8
8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।
मत्ती 25 : 40
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
यूहन्ना 13 : 34
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।
यूहन्ना 15 : 12
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
यूहन्ना 20 : 17
17 येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’।”
रोमी 12 : 10
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
१ कोरिन्थी 6 : 8
8 तर तिमीहरू नै अन्याय गर्दछौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई!
१ कोरिन्थी 8 : 13
13 यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।
गलाती 6 : 2
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
१ थेसलोनिकी 4 : 9
9 तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।
२ थेसलोनिकी 3 : 15
15 तैपनि त्यसलाई शत्रुजस्तो नठान, तर भाइलाई जस्तो गरी त्यसलाई चेताउनी देओ।
हिब्रू 13 : 1
1 भातृ-प्रेम बनिरहोस्।
१ पत्रुस 1 : 22
22 अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।
१ पत्रुस 2 : 17
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्धुलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर।
१ पत्रुस 3 : 8
8 अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
२ पत्रुस 1 : 7
7 भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप।
१ यूहन्ना 2 : 11
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
१ यूहन्ना 3 : 17
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
Leave a Reply