यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भेडाको विवाह भोज
प्रकाश 19 : 9
9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
प्रकाश 19 : 7 – 9
7 हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
प्रकाश 19 : 7
7 हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
मत्ती 22 : 1 – 14
1 येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो,
2 “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे,
3 र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्।
4 “फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्। विवाह-भोजमा आउनुहोस्।’
5 “तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे।
6 बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।
7 तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।
8 “तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्।
9 यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’
10 तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
11 “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
12 तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो।
13 “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
14 किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
प्रकाश 19 : 6 – 9
6 त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।
7 हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
यूहन्ना 14 : 3
3 अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।
प्रकाश 19 : 14
14 स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
मत्ती 25 : 1 – 13
1 “तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के।
2 तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।
3 किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्।
4 तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।
5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
6 “तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो।
7 “तब ती सबै कन्याहरू ब्यूँझे, र आ-आफ्नो बत्ती ठीकठाक पारे।
8 निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’
9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्नो लागि किन।’
10 “तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।
11 “पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्!’
12 “तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13 “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।
१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
प्रकाश 19 : 5 – 21
5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।”
6 त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।
7 हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
10 अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।
11 मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
12 उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
14 स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
17 तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्य आकाशमा उड्ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ।
18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”
19 अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।
20 तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए।
21 बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए।
मत्ती 25 : 1 – 46
1 “तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के।
2 तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।
3 किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्।
4 तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।
5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
6 “तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो।
7 “तब ती सबै कन्याहरू ब्यूँझे, र आ-आफ्नो बत्ती ठीकठाक पारे।
8 निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’
9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्नो लागि किन।’
10 “तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।
11 “पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्!’
12 “तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13 “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।
14 “किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए।
15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
16 तब पाँच सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो।
17 त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो।
18 तर एक सिक्का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।
19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20 तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु।’
21 “मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’
22 “दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’
23 “त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’
24 “एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईं कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो।
25 यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्।’
26 “त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने,
27 तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।
29 किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।
30 त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
31 “जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ।
32 र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।
33 उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।
34 “तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
प्रकाश 19 : 8
8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
यहूदा 1 : 14
14 आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो,
प्रकाश 21 : 1 – 27
1 तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
2 अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
3 सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ।
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
6 उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
7 जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ, र म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ।
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
9 तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु।”
10 तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
11 त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो।
12 त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।
14 सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15 सहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाँगो थियो।
16 त्यो सहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस टाँगोले नाप्दा त्यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
17 स्वर्गदूतले त्यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर थियो।
18 त्यो पर्खाल बिल्लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्तै त्यो चम्कन्थ्यो।
19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जड़िएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्न, चौथो पन्ना,
20 पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यस सहरको सड़क चहकिलो शीशाजस्तै निखुर सुनको थियो।
22 मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ।
23 त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ।
24 त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँड्डुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्।
25 दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन्, र त्यहाँ रात नै हुनेछैन।
26 तिनीहरूले जाति-जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्।
27 तर थुमाका जीवनको पुस्तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्नेछैन।
Leave a Reply