भूत शिकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भूत शिकार

मत्ती 12 : 43 – 45
43 “जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, त्‍यो विश्राम खोज्‍दै ओबानो ठाउँतिर डुलिहिँड्‌छ, तर कतै पाउँदैन।
44 तब त्‍यसले भन्‍छ, ‘जहाँबाट म निस्‍केर आएँ, त्‍यहीँ आफ्‍नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्‍यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ।
45 तब त्‍यो जान्‍छ र आफूभन्‍दा बढ़ी दुष्‍ट अरू सात वटा भूतात्‍मा आफूसँग ल्‍याउँछ, र भित्र पसेर तिनीहरू त्‍यहाँ वास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा अघिल्‍लोभन्‍दा अझ नराम्रो हुन्‍छ। यस दुष्‍ट पुस्‍तालाई पनि त्‍यस्‍तै हुनेछ।”

लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।

हिब्रू 9 : 27
27 जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *