यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भित्री सौन्दर्य
१ पत्रुस 3 : 3 – 4
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
श्रेष्ठगीत 4 : 7
7 मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ, तिमीमा कुनै दाग छैन।
हितोपदेश 31 : 30
30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
भजनसंग्रह 139 : 14
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।”
१ पत्रुस 3 : 4
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
हितोपदेश 3 : 15
15 त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।
२ कोरिन्थी 4 : 16
16 यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
हितोपदेश 3 : 15 – 18
15 त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।
16 बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्।
17 त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्।
18 बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्।
१ कोरिन्थी 13 : 4 – 8
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
भजनसंग्रह 34 : 5
5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्, र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्नेछैनन्।
१ पत्रुस 3 : 1 – 6
1 पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
उपदेशक 3 : 11
11 उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।
हितोपदेश 31 : 10 – 31
10 उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।
11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।
12 तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।
13 तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्।
14 व्यापारी जहाजहरूले जस्तै तिनले टाढ़ाबाट भोजन ल्याउँछिन्।
15 तिनी राती नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्, र आफ्नी दासी ठिटीहरूलाई आ-आफ्नो भाग दिन्छिन्।
16 खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्छिन्, र आफ्नो कमाइले तिनी दाखबारी लाउँछिन्।
17 तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्।
18 तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्, र तिनको बत्ती राती निभ्दैन।
19 तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छिन्, र आफ्नै औँलाले पिउरी पक्रन्छिन्।
20 तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्, र आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्।
21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।
22 तिनले आफ्नो खाटको लागि ओढ्ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्छिन्।
23 तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्।
24 तिनले सूती कपड़ाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्, र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्।
25 तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्।
26 तिनी बुद्धिसँग बोल्छिन्, र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ।
27 तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन्।
28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्:
29 “धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
31 तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
मत्ती 6 : 28
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
१ पत्रुस 3 : 3
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
मत्ती 5 : 8
8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
गलाती 5 : 25
25 हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं।
रोमी 8 : 6
6 किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
Leave a Reply