यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भित्री उपचार
यूहन्ना 8 : 32
32 तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
भजनसंग्रह 147 : 3
3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।
यशैया 61 : 1
1 परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।
यर्मिया 30 : 17
17 तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।
भजनसंग्रह 142 : 7
7 मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्।
भजनसंग्रह 34 : 18
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
यूहन्ना 6 : 44
44 मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
Leave a Reply