भाला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भाला

१ शमूएल 17 : 7
7 त्‍यसको भालाको लट्ठी कपड़ा बुन्‍ने जुलाहाको डन्‍डाजत्रो थियो, र भालाको टुप्‍पा, जो फलामको थियो, त्‍यसको ओजन सात किलो थियो। त्‍यसको ढाल बोक्‍ने त्‍यसको अगिअगि हिँड्‌थ्‍यो।

१ शमूएल 18 : 11
11 “दाऊदलाई भित्तैमा उनिदिन्‍छु” मनमनै भन्‍दै त्‍यो हाने, तर दाऊद दुवै पल्‍ट तर्के।

२ इतिहास 23 : 9
9 तब तिनले सय-सयका दलका कप्‍तानहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए।

यशैया 2 : 4
4 उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।

मीका 4 : 3
3 उहाँले धेरै मानिसहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्‍मका बलिया जातिहरूका निम्‍ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्‍यै लड़ाइँ गर्न तालीम लिनेछन्‌।

योएल 3 : 10
10 तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्‍ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।”

यूहन्‍ना 19 : 34
34 तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो।

यूहन्‍ना 20 : 27
27 तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।”

जकरिया 12 : 10
10 “अनि म दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्‍मा खन्‍याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्‍यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्‍मेको पुत्रको निम्‍ति गरेजस्‍तै शोक गर्नेछन्‌।

प्रकाश 1 : 7
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *