यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भारत
एस्तर 1 : 1
1 यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्म [1] एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे।
एस्तर 8 : 9
9 त्यसपछि तेस्रो महिना, अर्थात् सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरू बोलाइए। मोर्दकैले यहूदीहरूलाई दिएको हुकुमबमोजिम भारतदेखि कूश देशसम्मका एक सय सत्ताईस प्रान्तका बड़ाहाकिमहरू, राज्यपालहरू र भारदारहरूका निम्ति हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा, र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित राजाज्ञा निकालियो।
Leave a Reply