भाग्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भाग्नुहोस्

उत्‍पत्ति 3 : 11
11 उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”

उत्‍पत्ति 4 : 11
11 तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो।

अय्‍यूब 34 : 22
22 कुनै यस्‍तो अँध्‍यारो, घोर अँध्‍यारो स्‍थान छैन, जहाँ दुष्‍टहरू उहाँदेखि लुक्‍न सक्‍छन्‌।

यशैया 10 : 3
3 लेखा दिनुपर्ने दिन र टाढ़ाबाट आउने आपत्ति आउँदा तिमीहरू के गर्नेछौ? तिमीहरू सहायताको निम्‍ति कसकहाँ जानेछौ? तिमीहरू आफ्‍ना धनहरू कहाँ छोड्‌नेछौ?

मत्ती 23 : 33
33 “सर्पहरू, साँभे सर्पका बच्‍चा हो, तिमीहरू नरकको दण्‍डदेखि कसरी उम्‍कनेछौ?

रोमी 2 : 3
3 ए मानिस, तिमीले यस्‍ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्‍यही काम गर्छौ भने, के परमेश्‍वरको इन्‍साफबाट उम्‍कन्‍छु भन्‍ने तिमी ठान्‍छौ?

१ थेसलोनिकी 5 : 3
3 जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।

हिब्रू 2 : 3
3 तब हामीले यति महान्‌ मुक्तिको वास्‍ता राखेनौं भने हामी कसरी उम्‍कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्‍नेहरूद्वारा हाम्रा निम्‍ति पक्‍का साबित गरियो।

हिब्रू 12 : 26
26 उहाँको सोरले त्‍यस बेला पृथ्‍वी काम्‍यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्‍ट, पृथ्‍वी मात्र होइन, तर स्‍वर्गलाई समेत म हल्‍लाउनेछु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *