भाकल तोड्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भाकल तोड्दै

उपदेशक 5 : 4 – 6
4 जब तिमी परमेश्‍वरसित भाकल गर्दछौ, त्‍यो पूरा गर्नमा विलम्‍ब नगर। मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। तिम्रो भाकल पूरा गर।
5 भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो।
6 तिम्रो आफ्‍नो बोलीले तिमीलाई पाप गर्न नलाओस्‌। अनि मन्‍दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्‍वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन?

गन्ती 30 : 1 – 16
1 मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:
2 कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।
3 “आफ्‍ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्‍ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,
4 र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसका बुबा चूप लागी बस्‍छन्, तब त्‍यो शपथ वा वाचाबन्‍धन कायम रहनेछ।
5 तर बुबाले त्‍यो सुनेको दिन त्‍यसको विरोध गर्‍यो भने, त्‍यसको शपथ अथवा वाचाबन्‍धन रद्द हुनेछ। त्‍यसका बुबाले नै विरोध जनाएका हुनाले परमप्रभुले त्‍यसलाई क्षमा गर्नुहुनेछ।
6 “त्‍यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्‍यसको विवाह भयो,
7 अनि त्‍यसको पतिले त्‍यो चाल पाएको दिनमा चूप लागी बस्‍यो भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।
8 तर त्‍यसको पतिले त्‍यो चाल पाएको दिन आफ्‍नो विरोध जाहेर गर्‍यो भने, त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द हुनेछ, अनि परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।
9 “विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।
10 “कुनै स्‍त्रीले आफ्‍नो पतिको घरमा आइसकेर कुनै भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,
11 र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।
12 तर त्‍यसको पतिले त्‍यो सुनेको दिनमा त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द गर्छ भने, त्‍यसको मुखबाट निस्‍केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।
13 पत्‍नीले आफैलाई इन्‍कार गर्न कुनै भाकल वा वाचाबन्‍धनलाई त्‍यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्‍छ।
14 तर यदि त्‍यसको पतिले आफ्‍नी पत्‍नीको भाकल वा वाचाबन्‍धनको बारेमा दिनदिनै चूपै रहन्‍छ भने, उसले त्‍यो पक्‍का गर्छ। सुनेपछि पनि ऊ चूप लागेको हुनाले त्‍यो स्‍वीकृति दिएको बराबर हो।
15 तर सुनेको अलिक समयपछि त्‍यो कुरा उसले रद्द गर्‍यो भने, त्‍यस स्‍त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”
16 पति, पत्‍नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्‌।

व्यवस्था 23 : 21 – 23
21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै भाकल गरेपछि त्‍यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्‍यो पूरा भएको हेर्न चाहनुहुन्‍छ। नत्रता तिमीहरूलाई पाप लाग्‍नेछ।
22 तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्‍नेछैन।
23 जे कुरा तिमीहरूको मुखबाट निस्‍कन्‍छ त्‍यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले त्‍यो स्‍वेच्‍छापूर्वक आफ्‍नै मुखले भाकल गरेको हो।

गन्ती 30 : 2
2 कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।

याकूब 5 : 12
12 मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्‌।

मत्ती 5 : 33 – 37
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’
34 तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो,
35 न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो।
36 आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ।
37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।

लूका 16 : 18
18 “जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।

मत्ती 5 : 34 – 37
34 तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो,
35 न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो।
36 आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ।
37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।

प्रस्‍थान 20 : 16
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।

रोमी 12 : 18
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।

यूहन्‍ना 15 : 4 – 5
4 ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *