यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भाइपर
अय्यूब 20 : 16
16 त्यसले साँबे-सर्पको विष चुस्छ, विषालु साँपको दाँतले त्यसलाई मार्छ।
यशैया 30 : 6
6 नेगेव देशका पशुहरूका विषयमा ईश्वरवाणी: सिंह र सिंहनी, नाग र अति विषालु उड्ने सर्प निस्कने, दु:ख र वेदना भएको देशबाट भएर राजदूतहरूले आफ्ना धन-सम्पत्ति गधाहरूका पिठिउँमा र आ-आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरामा लदाएर त्यस जातिको निम्ति लैजान्छ, जसबाट तिनीहरूलाई केही लाभ हुँदैन,
यशैया 59 : 5
5 तिनीहरू साँभे सर्पका फुल ओथ्रन्छन्, र माकुराको जाल बुन्छन्। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्यसलाई फुटायो भने साँपको बच्चा निस्कन्छ।
मत्ती 3 : 7
7 तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
मत्ती 23 : 33
33 “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ?
लूका 3 : 7
7 यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनी दियो?
Leave a Reply