यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भविष्यवक्ता
प्रस्थान 15 : 20
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
लूका 2 : 36 – 38
36 आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्।
37 अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्।
38 त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्।
लूका 2 : 36
36 आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्।
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
२ राजाहरू 22 : 14
14 यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्।
प्रेरित 2 : 17 – 18
17 ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्।
18 हो, म आफ्ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्।
न्यायकर्ताहरू 4 : 4
4 त्यस बेला लप्पीदोतकी पत्नी दबोरा न्यायकर्ता [1] थिइन्। तिनी एक अगमवादिनी थिइन्।
प्रेरित 21 : 9
9 अगमवाणी बोल्ने तिनका चार जना अविवाहित छोरीहरू थिए।
प्रस्थान 15 : 20 – 21
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
21 मिरियम यसो भन्दै गाउन लागिन्: “परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
१ कोरिन्थी 14 : 3
3 तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।
यशैया 8 : 3
3 तब मेरी पत्नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्। अनि परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख्।
न्यायकर्ताहरू 4 : 9
9 दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्।
न्यायकर्ताहरू 4 : 1 – 24
1 एहूदको मृत्युपछि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो फेरि त्यही गरे।
2 यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्गोयिममा बस्थे।
3 इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्म क्रूरतापूर्वक सताए।
4 त्यस बेला लप्पीदोतकी पत्नी दबोरा न्यायकर्ता [1] थिइन्। तिनी एक अगमवादिनी थिइन्।
5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्साफको निम्ति आउँथे।
6 तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वरको आज्ञा यो हो: ‘गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्याऊ’।
7 म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”
8 बाराकले जवाफ दिए, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भनेता म पनि जानेछैनँ।”
9 दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्।
10 बाराकले जबूलून र नप्तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्।
11 अब केनी हेबेरले केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेशनेर सानन्नीममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए।
12 अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन् भन्ने खबर सीसराकहाँ पुर्याइयो।
13 तब उनले आफ्ना नौ सय फलामका रथहरू र आफ्ना फौजहरूलाई हरोशेत हग्गोयिमबाट कीशोन खोलामा भेला गराए।
14 तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे।
15 परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
16 बाराकले रथहरू र फौजलाई हरोशेत हग्गोयिमसम्मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन।
17 यता सीसराचाहिँ पैदलै भाग्दै केनी हेबेरका पत्नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।
18 याएल सीसरालाई भेट गर्नलाई निस्किन्, र उनलाई भनिन्, “हजूर, भित्रै आउनुहोस्, भित्रै आउनुहोस्। नडराउनुहोस्।” यसैले सीसरा पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढ़ाइदिइन्।
19 सीसराले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ। मलाई साह्रै तिर्खा लागेको छ।” तब तिनले दूधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिइन्, र फेरि उनलाई कम्बल ओढ़ाइदिइन्।
20 सीसराले तिनलाई भने, “पालको ढोकामै उभिरह, र कसैले आएर ‘यहाँ कोही छ कि?’ भनेर सोध्यो भने ‘छैन’ भनिदेऊ।”
21 तर हेबेरकी पत्नी याएलले पालको एउटा कीला र मुङ्ग्रो लिएर सीसरा थकित भई मस्त निदाएको बेलामा उनको छेउमा गइन्। याएलले सीसराको कन्चट छिचोलेर भूइँ भेट्ने गरी कीला ठोकिदिइन् र उनी मरे।
22 बाराक सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्चटमा कीला गाड़िएर मरिरहेका भेटाए।
23 त्यस दिन परमेश्वरले कनानका राजा याबीनमाथि इस्राएलीहरूलाई विजयी बनाइदिनुभयो।
24 उनलाई खतम नपारुञ्जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्दैगयो।
रोमी 16 : 1
1 किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।
Leave a Reply