भलाइ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भलाइ

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

भजनसंग्रह 31 : 19
19 तपाईंको भलाइ कति महान्‌ छ, जो तपाईंको भय मान्‍नेहरूका निम्‍ति तपाईंले राख्‍नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्‍ने दिनुभएको छ।

भजनसंग्रह 23 : 6
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

भजनसंग्रह 145 : 15 – 19
15 सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्‌, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्‍छ।
16 तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ।
17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्‍छ।
18 परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्‍छ, सबैका नजिक ज-जसले उहाँलाई सत्‍यतामा पुकार्दछन्‌।
19 उहाँको भय मान्‍नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ, र तिनीहरूलाई बचाउनुहुन्‍छ।

गलाती 5 : 22 – 23
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

रोमी 12 : 9
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।

याकूब 3 : 13
13 तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌।

यूहन्‍ना 3 : 16 – 17
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

गलाती 5 : 22
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

याकूब 1 : 17
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।

भजनसंग्रह 27 : 13
13 मलाई अझ पनि विश्‍वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्‍नेछु।

भजनसंग्रह 25 : 7
7 मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।

गलाती 6 : 10
10 यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।

भजनसंग्रह 65 : 4
4 धन्‍य हुन्‌ तिनीहरू, जसलाई तपाईं छान्‍नुहुन्‍छ, र तपाईंको मन्‍दिरमा रहनलाई नजिक ल्‍याउनुहुन्‍छ। तपाईंको घर, तपाईंको पवित्र मन्‍दिरका उत्तम-उत्तम पदार्थले हामी तृप्‍त भएका छौं।

भजनसंग्रह 34 : 8
8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।

मत्ती 12 : 35
35 असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ।

तीतस 3 : 8 – 10
8 यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्‌।
9 तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्‍यवस्‍थासम्‍बन्‍धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्‍यर्थका हुन्‍छन्‌।
10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

मत्ती 5 : 28 – 29
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।
29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा फालिनुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *