भगवान संग हिंड्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवान संग हिंड्दै

२ कोरिन्थी 5 : 7
7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।

हितोपदेश 3 : 5 – 6
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
6 आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।

व्यवस्था 5 : 33
33 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्‌न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

भजनसंग्रह 119 : 133
133 तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्‍थिर गरिदिनुहोस्‌, र कुनै पापले ममाथि राज्‍य गर्न नपाओस्‌।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

उत्‍पत्ति 6 : 9
9 नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे।

हिब्रू 12 : 1
1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।

१ यूहन्‍ना 4 : 8
8 प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

जकरिया 3 : 7
7 “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस्‌ र तैंले मेरा आज्ञा पालन गरिस्‌ भने, तँ मेरो घरको जिम्‍मेवार र मेरो मन्‍दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्‍थान दिनेछु।

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

उत्‍पत्ति 5 : 22 – 24
22 मतूशेलह जन्‍मेपछि हनोक तीन सय वर्षसम्‍म परमेश्‍वरको साथसाथ हिँड्‌दैरहे। उनका अरू छोराछोरीहरू जन्‍मे।
23 हनोकको जम्‍मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो।
24 हनोक परमेश्‍वरको साथसाथ हिँड्‌थे। अनि उनी अलप भए, किनभने परमेश्‍वरले उनलाई उठाइलानुभयो।

अय्‍यूब 22 : 21
21 “अब परमेश्‍वरका अधीनमा हुनुहोस्‌ र उहाँसित मिलाप गर्नुहोस्‌। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ।

आमोस 3 : 3
3 के दुई जना आपसमा सहमत नभएसम्‍म सँगसँगै हिँड्‌छन्‌ र?

याकूब 4 : 8
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।

रोमी 13 : 13
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।

उत्‍पत्ति 5 : 24
24 हनोक परमेश्‍वरको साथसाथ हिँड्‌थे। अनि उनी अलप भए, किनभने परमेश्‍वरले उनलाई उठाइलानुभयो।

१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *