यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवान संग लज्जित हुनु
मर्कूस 8 : 38
38 अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
रोमी 1 : 16
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
लूका 9 : 26
26 तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ।
१ शमूएल 2 : 2
2 “परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्तै अरू कोही छैन, हाम्रा परमेश्वरजस्तै अरू कुनै चट्टान छैन।
लूका 6 : 46
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ?
मर्कूस 8 : 35
35 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
यूहन्ना 3 : 5
5 येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
यूहन्ना 4 : 24
24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
रोमी 10 : 17
17 जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
प्रकाश 21 : 1 – 21
1 तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
2 अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
3 सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ।
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
6 उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
7 जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ, र म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ।
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
9 तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु।”
10 तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
11 त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो।
12 त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।
14 सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15 सहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाँगो थियो।
16 त्यो सहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस टाँगोले नाप्दा त्यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
17 स्वर्गदूतले त्यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर थियो।
18 त्यो पर्खाल बिल्लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्तै त्यो चम्कन्थ्यो।
19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जड़िएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्न, चौथो पन्ना,
20 पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यस सहरको सड़क चहकिलो शीशाजस्तै निखुर सुनको थियो।
Leave a Reply