यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवान संग घनिष्ठता
भजनसंग्रह 63 : 1 – 11
1 तिनी यहूदाको मरुभूमिमा हुँदा दाऊदको भजन [1] हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई दिलोज्यानले खोज्छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्ति मरिमेट्दछ।
2 मैले तपाईंलाई पवित्रस्थानमा देखेको छु, र तपाईंको शक्ति र महिमा देखें।
3 तपाईंको प्रेम जीवनभन्दा श्रेष्ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्।
4 म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्ना हात उचाल्नेछु।
5 असल भोजनले झैँ मेरो प्राण तृप्त हुनेछ, मेरो मुखले सङ्गीतमय ओठसित तपाईंको प्रशंसा गर्नेछ।
6 मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु।
7 तपाईं मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्दले गाउँछु।
8 मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्दछ।
9 मेरो प्राण लिन खोज्नेहरूचाहिँ पृथ्वीको तल्लो भागमा पुगेर नष्ट हुनेछन्।
10 तिनीहरू तरवारले मारिनेछन्, र स्यालहरूको आहार हुनेछन्।
11 तर राजाचाहिँ परमेश्वरमा आनन्दित हुनेछन्, परमेश्वरको नाउँमा शपथ लिनेहरूले उहाँको प्रशंसा गर्नेछन्, तर झूटा बोल्नेहरूका मुख थुनिनेछन्।
याकूब 4 : 8
8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
यशैया 65 : 24
24 तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु।
भजनसंग्रह 42 : 1 – 2
1 सङ्गीत-निर्देशकको निम्ति कोरहवंशीहरूको मस्किल [1] जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ।
2 मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?
यर्मिया 31 : 3
3 परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु।
यूहन्ना 17 : 22 – 23
22 जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।
23 म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
फिलिप्पी 3 : 10
10 म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ।
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
यशैया 55 : 1 – 6
1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
2 जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ।
3 कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्। म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम।
4 हेर, मैले त्यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।
5 परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”
6 जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।
भजनसंग्रह 139 : 1 – 24
1 सङ्गीत निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ।
2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ।
3 तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ।
4 मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।
5 तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्नो बाहुली ममाथि राख्नुभएको छ।
6 यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ।
7 तपाईंका आत्माबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?
8 म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि,
10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ।
11 यदि म भनूँ, “अँध्यारोले मलाई छोप्नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ,”
12 तापनि अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन, रात त दिनको उज्यालोजस्तै चम्कनेछ, किनभने अन्धकार तपाईंको निम्ति ज्योतिजस्तै हो।
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
17 हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ!
18 तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु।
19 हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ!
20 तिनीहरू तपाईंको विरुद्धमा दुष्ट नियतले बोल्छन्, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्।
21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ? र तपाईंको विरुद्धमा उठ्नेहरूलाई, के म हेलाको दृष्टिले हेर्दिनँ?
22 तिनीहरूका निम्ति मेरो हृदयमा घृणाबाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्दछु।
23 हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्।
24 हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोर्याइदिनुहोस्।
व्यवस्था 6 : 5
5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर।
सपन्याह 3 : 17
17 परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।
भजनसंग्रह 51 : 1 – 19
1 सङ्गीत-निर्देशकको निम्ति नातान अगमवक्ता तिनीकहाँ आएपछि दाऊदको भजन [1] हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।
2 मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।
3 किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ।
4 तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
5 साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।
6 निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ।
7 हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
8 मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित होऊन्।
9 मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।
10 हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।
11 मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्।
12 तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्।
13 तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्।
14 हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्, र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ।
15 हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।
16 किनकि तपाईं बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्न।
17 तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।
18 तपाईंको इच्छाअनुसार सियोनको भलाइ गर्नुहोस्। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।
19 तब तपाईंलाई प्रसन्न पार्न धार्मिकताका बलिहरू चढ़ाइनेछन्, सम्पूर्ण होमबलि र साँढ़ेहरू तपाईंको वेदीमा चढ़ाइनेछन्।
कलस्सी 3 : 1
1 यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ।
१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,
5 तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
यर्मिया 33 : 3
3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’।
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
Leave a Reply