भगवान तपाईं मार्फत काम गर्दै हुनुहुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवान तपाईं मार्फत काम गर्दै हुनुहुन्छ

यूहन्‍ना 14 : 12
12 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।

मत्ती 5 : 14 – 16
14 “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ।
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

१ यूहन्‍ना 4 : 12
12 परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।

फिलिप्पी 2 : 12 – 13
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।

रोमी 8 : 1 – 39
1 यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।
2 पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ।
3 पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो,
4 यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।
5 किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌।
6 किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।
7 किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ।
8 पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।
9 यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन।
10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌।
11 तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
12 यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं।
13 किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ।
14 किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌।
15 किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,
16 त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।
17 र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।
19 सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।
22 हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
23 सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
25 तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।
26 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
30 जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।
31 हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?
32 जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ भने,
34 दण्‍डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू, हुनुहुन्‍छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मध्‍यस्‍थ पनि गर्नुहुन्‍छ।
35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
36 यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

यशैया 9 : 6
6 किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।

१ कोरिन्थी 3 : 1 – 23
1 भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें।
2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।
3 तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र?
4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्‍लोसको” भन्‍छ भने, सांसारिक मानिसजस्‍ता भएनौ र?
5 अपोल्‍लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ।
6 मैले रोपें, अपोल्‍लोसले पानी हाले, तर परमेश्‍वरले नै बढ़ाउनुभयो।
7 यसकारण रोप्‍ने केही होइन, न पानी हाल्‍ने केही हो, तर परमेश्‍वर मात्र, जसले वृद्धि दिनुहुन्‍छ।
8 रोप्‍ने र पानी हाल्‍ने एकै समान हुन्‌। हरेकले आफ्‍ना-आफ्‍नै मेहनतअनुसार आफ्‍नो ज्‍याला पाउनेछ।
9 किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।
10 मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌।
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?
17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।
18 कसैले आफैलाई धोका नदेओस्‌। तिमीहरूमध्‍ये कसैले यस युगमा आफैलाई बुद्धिमान्‌ सम्‍झन्‍छ भने त्‍यो मूर्ख बनोस्, ताकि त्‍यो बुद्धिमान्‌ बन्‍न सकोस्‌।
19 किनकि संसारको बुद्धि परमेश्‍वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्‍छ।”
20 र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।”
21 यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्‌। किनकि सबै थोक तिमीहरूकै हुन्,
22 चाहे पावल, कि अपोल्‍लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्‍यु, वा वर्तमान, कि भविष्‍य, सबै तिमीहरूकै हुन्,
23 र तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

१ कोरिन्थी 2 : 1 – 16
1 भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ।
2 किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ।
3 म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ।
4 मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो,
5 ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।
6 तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ।
7 तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो।
8 यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌।
9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।”
10 परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ।
11 मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।
12 अब हामीले संसारको आत्‍मा पाएका छैनौं, तर परमेश्‍वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्‍न सकौं भनेर उहाँबाट पवित्र आत्‍मा पाएका छौं।
13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।
14 जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ।
15 आत्‍मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन।
16 “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्‍छ?” तर हामीसँग त ख्रीष्‍टको मन छ।

प्रेरित 19 : 1 – 41
1 अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।
2 तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्‍वास गर्‍यौ के तिमीहरूले पवित्र आत्‍मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्‍मा हुनुहुन्छ भन्‍ने त हामीले सुनेका पनि छैनौं।”
3 अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।”
4 तब पावलले भने, “यूहन्‍नाले दिएको बप्‍तिस्‍माचाहिँ पश्‍चात्तापको बप्‍तिस्‍मा थियो। उनीपछि आउनुहुने व्‍यक्ति, अर्थात्‌ येशूमाथि विश्‍वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”
5 यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा लिए।
6 जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्‍मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्‍य भाषामा बोले र अगमवाणी गरे।
7 उनीहरू प्राय: बाह्र जना जति थिए।
8 पावल सभाघरमा पसिकन तीन महिनासम्‍म परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे।
9 तर जब कुनै-कुनैले हठी भएर विश्‍वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्‍डको सामुन्‍ने बोल्‍न लागे, तब पावल तिनीहरूबाट अलग्‍ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्‍नसको विद्यालयमा बहस गर्न लागे।
10 यो काम दुई वर्षसम्‍म चलिरह्यो, र एशियाका सबै बासिन्‍दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।
11 परमेश्‍वरले पावलको हातबाट असाधारण आश्‍चर्य कामहरू गर्नुभयो,
12 यहाँसम्‍म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्‍थे, र तिनीहरूका शरीरबाट रोग जान्‍थे र दुष्‍टात्‍मा पनि निस्‍कन्‍थे।
13 तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्‍मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्‍चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।”
14 त्‍यहाँ एक जना स्‍केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे।
15 तब भूतात्‍माले जवाफ दिएर तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, र पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?”
16 त्‍यो भूतात्‍मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्‍यो र तिनीहरू त्‍यस घरबाट नाङ्गो र घाइते भएर भागे।
17 यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो।
18 विश्‍वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्‍ना-आफ्‍ना दुष्‍ट कामहरूको स्‍वीकार गरे र ती प्रकट गरे।
19 तिनीहरूमध्‍ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्‍ना पुस्‍तकहरू बटुलेर ल्‍याए, र सबैका सामुन्‍ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्‍काको हिसाब लाग्‍यो।
20 यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो।
21 यी घटनाहरूपछि, पवित्र आत्‍माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्‍यहाँ पुगेपछि म रोम जानैपर्छ”
22 तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।
23 त्‍यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्‍चियो।
24 किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्‍पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्‍दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्‍यो।
25 तब यिनीहरूलाई र अरू यस्‍तै पेशा भएकाहरूलाई त्‍यसले जम्‍मा गरेर भन्‍यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्‍यापारबाट हामीलाई राम्रो आम्‍दानी हुन्‍छ।
26 तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्‍त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्‍लाएर बहकाई लगेको छ।
27 यसकारण हाम्रो व्‍यापारको प्रतिष्‍ठा नाश हुने मात्र होइन तर महान्‌ देवी आर्तेमिसको मन्‍दिरसमेत बेकम्‍मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्‍नो गौरवबाट पतित हुनेछिन्‌।”
28 यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌।” भनी चिच्‍च्‍याउन लागे।
29 सारा सहरमा होहल्‍ला मच्‍चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्‍स्‍याउँदै लगे।
30 पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्‌।
31 एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस्‌ भनी बिन्‍ती गरी पठाए।
32 तब तिनीहरू भिन्‍नाभिन्‍नै कुरा गर्दै चिच्‍च्‍याउन लागे। किनकि त्‍यो भीड़मा होहल्‍ला मच्‍चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्‍मा भएका हुन्‌ सो पनि जानेका थिएनन्‌।
33 भीड़का कति मानिसहरूले अलेक्‍जेन्‍डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्‍जेन्‍डरले हातले इशारा गरेर मानिसहरूका सामुन्‍ने बचाउको निम्‍ति केही भन्‍ने इच्‍छा व्‍यक्त गरे।
34 तर तिनीहरूले त्‍यो त यहूदी रहेछ भन्‍ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्‍टा जति “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌” भन्‍दै कराए।
35 नगरका हाकिमले मानिसहरूलाई शान्‍त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान्‌ आर्तेमिसको मन्‍दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?
36 तपाईंहरू जान्‍नुहुन्‍छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्‍त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन।
37 किनभने तपाईंहरूले ल्‍याउनुभएका यी मानिसहरूले मन्‍दिर लुटेका छैनन्‌ र हाम्री देवीको अपमान पनि गरेका छैनन्‌।
38 यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्‍यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌।
39 तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्‍छ भनेता त्‍यसको फैसला नियमित सभामा हुनेछ,
40 किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्‍ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्‍पष्‍टीकरण हामी दिन सक्‍नेछैनौं।”
41 यति भनेर तिनले सभालाई विसर्जन गरे।

यूहन्‍ना 8 : 24
24 मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”

१ यूहन्‍ना 4 : 2
2 यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।

प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

मत्ती 24 : 1 – 51
1 त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
2 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”
3 येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”
4 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।
5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
7 किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
8 तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌।
10 तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
12 दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
13 तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।
14 अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।
15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌),
16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।
17 कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌।
18 खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌।
19 हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
20 तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर।
21 किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।
22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।
23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।
24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।
25 याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर।
27 किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
28 जहाँ सिनु हुन्‍छ, त्‍यहाँ गिद्धहरू पनि जम्‍मा हुन्‍छन्‌।
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।
32 “तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
33 त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
34 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।
35 स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।
37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।
38 किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।
40 त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।
41 दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ।
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।
43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45 “विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ?
46 त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ।
47 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मालिकले त्‍यसलाई आफ्‍नो सारा सम्‍पत्तिमाथि जिम्‍मेवार नियुक्त गर्नेछ।
48 तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
49 आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने,
50 त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ।
51 अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

उत्‍पत्ति 1 : 1 – 31
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।
3 अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।
4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”
7 परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।
8 परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
10 परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
12 भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
13 साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
19 साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
22 अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”
23 अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।
25 परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

रोमी 5 : 1 – 21
1 यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।
2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
3 यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।
6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।
7 धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला।
8 तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।
9 यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।
10 किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्‍टको जीवनद्वारा हामी बचाइनेछौं।
11 यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्‍वरसँग मिलाप प्राप्‍त भएको छ।
12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो।
13 व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।
14 आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।
15 सित्तैँको वरदान र त्‍यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन्‌ बढ़ी परमेश्‍वरको अनुग्रह र एक जना मानिसको, अर्थात्‌ येशू ख्रीष्‍टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्‍ति प्रशस्‍त भयो।
16 सित्तैँको वरदानचाहिँ त्‍यस एक जना मानिसको पापको नतीजाजस्‍तै होइन। किनकि एउटा अपराधको इन्‍साफले दण्‍डको आज्ञा ल्‍यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्‍याउँछ।
17 यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌।
18 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।
19 किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्‍यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्‌।
20 व्‍यवस्‍था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन्‌ बढ़ी मात्रामा बढ़्यो,
21 यस हेतुले कि जसरी पापले मृत्‍युमा राज्‍य गर्‍यो, त्‍यसै गरी येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्‍त जीवनसम्‍म राज्‍य गरोस्‌।

प्रेरित 2 : 1 – 47
1 जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
2 अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।
3 आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
4 अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे।
5 स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए।
6 तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो।
7 तिनीहरू सबै आश्‍चर्यचकित भए, र अचम्‍म मानेर भन्‍न लागे, “के यी बोल्‍नेहरू सबै गालीलीहरू होइनन्‌ र?
8 त कसरी तिनीहरू हरेकले हाम्रा आफ्‍ना मातृभाषामा बोलेको हामी सुन्‍छौं?
9 हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्‍टस र एशियाका बासिन्‍दाहरू छौं।
10 अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्‍नेहरू दुवै छौं,
11 क्रेटका बासिन्‍दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्‍ना भाषामा परमेश्‍वरका महान्‌ कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्‍दैछौं।”
12 तिनीहरू सबै आश्‍चर्यचकित भए र अन्‍योलमा परेर एउटाले अर्कालाई यसो भन्‍न लागे, “यसको अर्थ के हो?”
13 तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्‌।”
14 तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्‍च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्‍मै बासिन्‍दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्‍नुहोस्‌।
15 किनभने तपाईंहरूले ठान्‍नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।
16 तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,
17 ‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌।
18 हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌।
19 माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो।
20 परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।
21 अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ।’
22 “इस्राएलका मानिस हो, यी कुरा सुन्‍नुहोस्, नासरतका येशू यस्‍ता व्‍यक्ति हुनुहुन्‍थ्‍यो, जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, अचम्‍मका कामहरू र चिन्‍हहरूद्वारा तपाईंहरूका सामुन्‍ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्‍वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो।
23 परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।
24 उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो,
25 किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ।
26 यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।
27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
28 तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’
29 “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्‍छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्‍म उनको चिहान छँदैछ।
30 यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ।
31 अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
32 यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *