यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानलाई बिर्सने
हितोपदेश 2 : 17
17 जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे, र परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे।
यशैया 65 : 11
11 “तर तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ,
यर्मिया 2 : 32
32 के कुमारीले आफ्ना रत्नहरू, दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तर मेरो प्रजाले त मलाई गन्नै नसकिने दिनदेखि बिर्सिसक्यो।
यर्मिया 3 : 21
21 नाङ्गा डाँड़ाहरूमा एउटा चिच्च्याई सुनिन्छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
व्यवस्था 4 : 23
23 सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ।
२ राजाहरू 17 : 38
38 मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू।
भजनसंग्रह 78 : 7
7 यसरी तिनीहरूले परमेश्वरमा भरोसा राख्नेथिए, र उहाँका कार्यहरू बिर्सनेथिएनन्, तर उहाँका आज्ञाहरू पालन गर्नेथिए।
भजनसंग्रह 78 : 11
11 तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो।
भजनसंग्रह 106 : 13
13 तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्लाहको प्रतीक्षा तिनीहरूले गरेनन्।
भजनसंग्रह 103 : 2
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी—
भजनसंग्रह 106 : 7
7 हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्चर्यकर्महरूको ख्यालै गरेनन्, तपाईंको प्रशस्त करुणा तिनीहरूले सम्झेनन्, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्च परमेश्वरको विद्रोह गरे।
हिब्रू 12 : 5
5 के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ,
याकूब 1 : 25
25 तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ।
भजनसंग्रह 119 : 153
153 मेरो दु:खलाई विचार गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, किनकि तपाईंको व्यवस्था मैले बिर्सेको छैनँ।
भजनसंग्रह 119 : 176
176 हराएको भेड़ाजस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस्, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
होशे 4 : 6
6 मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले, म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्कार गर्नेछु। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्ता गर्नेछु।
भजनसंग्रह 137 : 5
5 हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सीप भुलोस्।
न्यायकर्ताहरू 8 : 34
34 तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से।
भजनसंग्रह 78 : 42
42 तिनीहरूले उहाँको शक्तिलाई स्मरण गरेनन्, त्यस दिनको पनि सम्झना गरेनन्, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्याचारीहरूबाट छुटकारा दिनुभयो,
यशैया 51 : 15
15 किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्छ, र छालहरू गर्जन्छन्। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो।
Leave a Reply