भगवानलाई प्रश्न गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानलाई प्रश्न गर्दै

यशैया 55 : 8 – 9
8 “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
9 जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌।

भजनसंग्रह 10 : 1 – 18
1 हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्‍छ? कष्‍टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्‍छ?
2 दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌।
3 दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ, त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ।
4 आफ्‍नो अहङ्कारमा दुष्‍टले उहाँलाई खोज्‍दैन, त्‍यसका सबै विचारमा परमेश्‍वरलाई स्‍थान हुँदैन।
5 त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ।
6 त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”
7 त्‍यसको मुख सराप, झूट र धम्‍कीले भरिएको हुन्‍छ। त्‍यसको जिब्रोमा उपद्रव र दुष्‍टता छन्‌।
8 गाउँ-गाउँकै नजिक त्‍यो ढुकिबस्‍छ। ढुकेर बसेका ठाउँहरूमा त्‍यसले निर्दोषहरूको हत्‍या गर्छ। त्‍यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्‍छ।
9 झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्‍यो गुप्‍त ठाउँमा ढुकेर बस्‍छ। असहायहरूलाई पक्रन त्‍यो ढुकेर बस्‍छ। त्‍यसले आफ्‍नो जालमा असहायहरूलाई घिसारेर लैजान्‍छ।
10 दु:खीहरू पेलिन्‍छन्‌ र लाचार भई लड्‌छन्‌, र तिनीहरू त्‍यसको शक्तिले ढल्‍दछन्‌।
11 त्‍यसले आफ्‍नो मनमा सोच्‍दछ, “परमेश्‍वरले बिर्सनुभएको छ। उहाँले आफ्‍नो मुहार लुकाउनुभएको छ, र कहिल्‍यै देख्‍नुहुन्‍न।”
12 हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌।
13 दुष्‍टले किन परमेश्‍वरको निन्‍दा गर्छ? त्‍यसले किन आफ्‍नो मनमा भन्‍छ, “उहाँले मेरो लेखा राख्‍नुहुन्‍न।”
14 तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ।
15 दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌।
16 परमप्रभु सदासर्वदाको निम्‍ति राजा हुनुहुन्‍छ, जाति-जातिहरू उहाँको देशबाट नष्‍ट हुनेछन्‌।
17 हे परमप्रभु, पीडितहरूको इच्‍छा तपाईं सुन्‍नुहुन्‍छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्‍छ। तिनीहरूको पुकारा तपाईं सुन्‍नुहुन्‍छ।
18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌।

१ कोरिन्थी 2 : 16
16 “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्‍छ?” तर हामीसँग त ख्रीष्‍टको मन छ।

भजनसंग्रह 74 : 1 – 23
1 आसापको मस्‍किल [1] हे परमेश्‍वर, तपाईंले हामीलाई किन सधैँको लागि त्‍याग्‍नुभएको छ? तपाईंको रीस तपाईंको खर्कका भेड़ाहरूका विरुद्धमा किन दन्‍कन्‍छ?
2 आफ्‍ना मानिसहरूलाई सम्‍झना गर्नुहोस्‌, जुनहरूलाई प्राचीनकालमा तपाईंले किन्‍नुभएको थियो, जुनहरूलाई तपाईंका उत्तराधिकारको कुल हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं वास गर्नुहुन्‍छ।
3 आफ्‍ना कदम यी अनन्‍त भग्‍नावशेषतिर बढ़ाउनुहोस्‌, शत्रुहरूले पवित्रस्‍थानमा भएका यी सबै थोक नष्‍ट पारेका छन्‌।
4 तपाईंले हामीलाई भेट्‌नुभएको स्‍थानमा तपाईंका शत्रुहरू गर्जेका छन्‌, तिनीहरूले आफ्‍ना झन्‍डाहरू चिन्‍हको रूपमा गाड़ेका छन्‌।
5 रूखहरूको घारी बन्‍चराले नष्‍ट पार्ने मानिसले झैँ तिनीहरूले व्‍यवहार गरे।
6 तिनीहरूले आफ्‍ना बन्‍चरो र घनले बुट्टा काटेका सबै खापाहरूलाई चकनाचूर पारे।
7 तिनीहरूले तपाईंको पवित्रस्‍थानमा आगो लगाए, तपाईंका नाउँको वासस्‍थान तिनीहरूले अपवित्र तुल्‍याए।
8 तिनीहरूले आफ्‍ना हृदयभित्र भने, “हामी तिनीहरूलाई पूर्ण रूपले मिच्‍नेछौं।” देशमा भएको परमेश्‍वरको आराधना गरिने प्रत्‍येक स्‍थान तिनीहरूले जलाए।
9 हामी कुनै पनि आश्‍चर्य चिन्‍हहरू देख्‍दैनौं, अब कुनै अगमवक्ता बाँकी छैनन्‌, र यो कतिञ्‍जेल रहन्‍छ हामीमध्‍ये कसैलाई थाहा छैन।
10 हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्‍म तपाईंको ठट्टा गर्नेछन्‌? के शत्रुले तपाईंका नाउँको निन्‍दा सधैँभरि गरिरहन्‍छन्‌?
11 तपाईं किन आफ्‍नो बाहुली, आफ्‍नो दाहिने बाहुली पछि थामेर राख्‍नुहुन्‍छ? लुगाबाट हात निकाल्‍नुहोस्‌ र तिनीहरूलाई नाश गर्नुहोस्‌।
12 तर हे परमेश्‍वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्‍छ, तपाईंले पृथ्‍वीमा उद्धार ल्‍याउनुहुन्‍छ।
13 तपाईं नै हुनुहुन्‍छ जसले आफ्‍नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो।
14 तपाईंले लिव्‍यातन्‌ जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्‍यसलाई वनपशुहरूका आहारको निम्‍ति दिनुभयो।
15 तपाईं नै हुनुहुन्‍छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्‍नुभयो। तपाईंले निरन्‍तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो।
16 दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्‍द्र तपाईंले नै स्‍थापित गर्नुभयो।
17 पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।
18 हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌।
19 तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌,
20 तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌।
21 थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌।
22 हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌।
23 तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *