भगवानमा भर पर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानमा भर पर्दै

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

यशैया 41 : 13
13 किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 8 : 11
11 तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

भजनसंग्रह 18 : 2
2 परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।

यशैया 57 : 15
15 किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्‍नुहुन्‍छ, “म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ।”

याकूब 1 : 17
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।

१ पत्रुस 4 : 7
7 सबै कुराको अन्‍त्‍य नजिकै आएको छ। यसकारण आफ्‍ना प्रार्थनाको निम्‍ति शुद्ध मनको र सचेत भइरहो।

याकूब 4 : 14
14 भन्‍नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्‍दैनौ। तिम्रो जिन्‍दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्‍ति देखा पर्छ, अनि हराइहाल्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *