भगवानको हात

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानको हात

१ पत्रुस 5 : 6
6 यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

एज्रा 8 : 21 – 23
21 तब हाम्रा परमेश्‍वरको सामु हामी आफूलाई दीन तुल्‍याउन, र हाम्रा आफ्‍नै निम्‍ति, हाम्रा बालबच्‍चाहरूका निम्‍ति र हाम्रा सबै सम्‍पत्तिका निम्‍ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्‍यहाँ अहावा नदीको किनारमा उपवास बस्‍ने घोषणा गरें।
22 बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्‍न मलाई शर्म लाग्‍यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्‍ने सबैमाथि हाम्रा परमेश्‍वरको निगाह रहन्‍छ, तर उहाँलाई त्‍याग्‍नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।”
23 यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्‍वरलाई बिन्‍ती चढ़ायौं, र उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो।

यशैया 49 : 14 – 16
14 तर सियोनले भन्‍यो, “परमप्रभुले मलाई त्‍याग्‍नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।”
15 “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे र? आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ र? त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ।
16 हेर्, मैले तँलाई मेरो हत्‍केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्‍तर मेरै सामुन्‍ने छन्‌।

भजनसंग्रह 110 : 1
1 दाऊदको भजन [1] परमप्रभुले मेरा प्रभुलाई भन्‍नुहुन्‍छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।”

यशैया 41 : 13 – 14
13 किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।
14 ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्‍छ।

इजकिएल 1 : 3
3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो।

यूहन्‍ना 10 : 29
29 मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्‍दा महान्‌ हुनुहुन्‍छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌।

१ पत्रुस 3 : 22
22 उहाँ स्‍वर्गमा जानुभयो र स्‍वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्‍छ।

यूहन्‍ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।

यशैया 61 : 1 – 11
1 परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।
2 परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन,
3 र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌।
4 तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌।
5 परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌।
6 अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
7 तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ।
8 “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।
9 तिनीहरूका सन्‍तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्‌। तिनीहरूलाई देख्‍ने सबैले ‘ती परमप्रभुबाट आशिष्‌ पाएका सन्‍तान हुन्‌’ भनी स्‍वीकार गर्नेछन्‌।”
10 म परमप्रभुमा साह्रै आनन्‍दित हुन्‍छु। मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ— जसरी दुलहाले आफ्‍नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्‍नहरूले आभूषित गर्छिन्‌।
11 किनकि जसरी भूमिले आफ्‍नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्‍यसरी नै परमप्रभु परमेश्‍वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्‍ने उत्‍पत्ति गर्नुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *