भगवानको सेवा गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानको सेवा गर्दै

१ शमूएल 12 : 24
24 तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर।

२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

१ कोरिन्थी 15 : 58
58 यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।

मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।

१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

मत्ती 6 : 20 – 24
20 तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।
23 तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।

१ इतिहास 28 : 9
9 “अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्‍वरलाई आफ्‍नै ईश्‍वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्‍नुहुन्‍छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्‍छ। यदि उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने उहाँले तिमीलाई सधैँको निम्‍ति इन्‍कार गर्नुहुनेछ।

मलाकी 3 : 18
18 अनि धर्मात्‍मा र दुष्‍ट, परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्‍नेछौ।”

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

मत्ती 20 : 1 – 51
1 “स्‍वर्गको राज्‍य जमिनको एक जना मालिकजस्‍तो हो, जो बिहान सबेरै आफ्‍नो दाखबारीमा खेतालाहरूलाई ज्‍यालामा काम लाउन बाहिर निस्‍क्‍यो।
2 खेतालाहरूसँग एक दिनमा पाउने ज्‍याला तोकेर उसले तिनीहरूलाई आफ्‍नो दाखबारीमा पठायो।
3 “जब ऊ नौ बजेतिर बाहिर निस्‍क्‍यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्‍यो,
4 र उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’
5 अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्‍केर त्‍यसै गर्‍यो।
6 उसले पाँच बजेतिर बाहिर निस्‍केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’
7 “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’
8 “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’
9 “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्‍याला पाए।
10 जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए।
11 ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।
12 तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’
13 “तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ?
14 तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु।
15 मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?
16 “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।”
17 यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्‍ग लगेर बाटोमा तिनीहरूलाई भन्‍नुभयो,
18 “हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूका हातमा सुम्‍पिइनेछ, र तिनीहरूले उसलाई मृत्‍युदण्‍डको दोषी ठहराउनेछन्‌।
19 उसलाई गिल्‍ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्‍न भनी तिनीहरूले उसलाई अन्‍यजातिहरूका हातमा सुम्‍पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।”
20 तब जब्‍दियाका छोराहरूकी आमाले आफ्‍ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्‍ने घुँड़ा टेकी उहाँसँग बिन्‍ती गरिन्‌।
21 उहाँले तिनलाई सोध्‍नुभयो, “तिमी के चाहन्‍छ्यौ?” तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस्‌ र तपाईंको राज्‍यमा, मेरा यी दुई छोराहरूमध्‍ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्‍न पाऊन्‌।”
22 तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्‍दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्‍यो तिमीहरू पिउन सक्‍छौ?” तिनीहरूले भने, “सक्‍छौं।”
23 उहाँले भन्‍नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्‍न दिने कुरो मेरो हातमा छैन। यी स्‍थान तिनीहरूका हुन्, जसका निम्‍ति मेरा पिताले तयार गरिसक्‍नुभएको छ।”
24 यो सुनेर दशै जना ती दुई भाइसँग रुष्‍ट भए।
25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्‍यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्‌कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्‌।
26 तिमीहरूका बीचमा यस्‍तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्छ।
27 जो तिमीहरूमध्‍ये पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको कमारो हुनुपर्छ,
28 जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”
29 उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो।
30 बाटोको छेउमा बसिरहेका दुई जना अन्‍धाहरूले येशू त्‍यो बाटो जाँदैहुनुहुन्‍छ भन्‍ने सुनेर यसो भनी चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”
31 भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्‍कायो, तर तिनीहरू यसो भन्‍दै झन्‌ साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”
32 तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति के गरिदिऊँ?”
33 तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्‌।”
34 येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्‍टि पाए र तिनीहरू उहाँको पछि लागे।

१ तिमोथी 4 : 12
12 जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।

भजनसंग्रह 27 : 5
5 किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।

यहोशू 1 : 8
8 व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।

प्रस्‍थान 8 : 1
1 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे।

कलस्सी 3 : 23 – 24
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *