यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानको महिला हुनु
१ पत्रुस 3 : 3 – 6
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
हितोपदेश 31 : 20
20 तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्, र आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्।
१ पत्रुस 3 : 15
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
एफिसी 5 : 1 – 33
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।
3 तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन।
4 कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्।
5 किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।
6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ।
7 यसकारण तिनीहरूसँग सहभागी नहोओ,
8 किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर,
9 किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ,
10 र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर।
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
12 किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो।
13 तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो।
14 यसैले यस्तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
20 सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।
21 ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ।
24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।
28 त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
32 यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
यशैया 40 : 28 – 31
28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन?
29 उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
30 युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
एफिसी 4 : 25 – 32
25 यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
30 अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
एफिसी 5 : 16
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
१ थेसलोनिकी 5 : 11
11 यसकारण एकले-अर्कोलाई प्रोत्साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि छौ।
एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
हितोपदेश 31 : 28
28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्:
भजनसंग्रह 20 : 4
4 उहाँले तपाईंको मनोरथ पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गराऊन्।
यर्मिया 17 : 7 – 8
7 “तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।
8 त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।”
१ यूहन्ना 4 : 7
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ।
यशैया 58 : 11
11 परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ।
हितोपदेश 14 : 1 – 35
1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
2 ईमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ।
3 मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमान्का ओठले त्यसको सुरक्षा गर्छन्।
4 जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ।
5 साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।
6 खिल्ली उड़ाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ।
7 मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन।
8 समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।
9 पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उड़ाउँछ, तर ईमानसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ।
10 मनको तीतोपन मनले नै जान्दछ, र त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन।
11 दुष्टको घर भत्काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ।
12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
13 मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।
14 बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ, र भला मानिसलाई आफ्नो कामको प्रतिफल दिइनेछ।
15 बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।
16 बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ।
17 रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्छ।
18 अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्।
19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्टहरू धर्मीहरूको ढोका अघि झुक्नुपर्छ।
20 आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्यागिन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्।
21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो, जसले दरिद्रलाई दया गर्छ।
22 के खराब योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्त गर्छन्।
23 सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्छ।
24 बुद्धिमान्को सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ।
25 साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्छ।
26 जसले परमप्रभुको भय मान्छ, त्यसको सुरक्षित किल्ला हुन्छ, र त्यसका छोराछोरीका निम्ति यो एक शरणस्थान हुनेछ।
27 परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ।
28 प्रजाको ठूलो सङ्ख्याले राजा गौरवान्वित हुन्छ, तर प्रजाविनाको शासक नष्ट हुन्छ।
29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ।
30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ।
31 गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ।
32 आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ।
33 विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।
34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो।
35 राजा बुद्धिमान् दाससँग प्रसन्न रहन्छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।
१ पत्रुस 3 : 1 – 22
1 पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्।
8 अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक।
10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।
11 त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्।
12 किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”
13 यदि तिमीहरू भलाइको निम्ति उत्साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्छ र?
14 तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ।
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
16 तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्।
17 यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो।
18 किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।
19 यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो।
20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए।
21 यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ।
22 उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।
तीतस 2 : 1 – 15
1 तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ।
2 वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।
3 यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्।
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न,
5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।
6 त्यहीबमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ।
7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता,
8 र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्।
9 कमाराहरूलाई पनि आ-आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ, र तिनीहरू मुख लाग्ने नहोऊन्।
10 तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्वासयोग्य होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिक-सिद्धान्तको शोभा बढ़ाऊन्।
11 किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ,
12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ।
13 र हाम्रो धन्यको आशा— हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।
14 ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो।
15 यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्काऊ। कसैले तिम्रो अवहेलना नगरोस्।
Leave a Reply