भगवानको पर्खाइमा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानको पर्खाइमा

यर्मिया 14 : 22
22 जाति-जातिहरूका व्‍यर्थका देवताहरूमध्‍ये कसैले वर्षा ल्‍याउन सक्‍छ र? अथवा के आकाश आफैले झरी बर्साउन सक्‍छ? हे परमप्रभु हाम्रा परमेश्‍वर, त्‍यो गर्ने त तपाईं नै हुनुहुन्‍छ। यसैकारण हामी हाम्रो आशा तपाईंमा राख्‍दछौं, किनकि तपाईंले मात्र यी सबै गर्नुहुन्‍छ।

भजनसंग्रह 25 : 5
5 तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।

भजनसंग्रह 104 : 28
28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्‍छन्‌। तपाईंले आफ्‍नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्‍त हुन्‍छन्‌।

भजनसंग्रह 145 : 16
16 तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

भजनसंग्रह 123 : 2
2 जसरी दासहरूका आँखा आफ्‍ना स्‍वामीको हाततिर हुन्‍छन्‌, जसरी दासीहरूका आँखा आफ्‍नी स्‍वामिनीको हाततिर रहन्‍छन्‌, त्‍यसरी नै जबसम्‍म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न, तबसम्‍म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्‍वरतिर रहन्‍छन्‌।

भजनसंग्रह 39 : 8
8 मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्‌, मूर्खहरूका तिरस्‍कारको पात्र मलाई नबनाउनुहोस्‌।

लूका 2 : 25
25 यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो।

उत्‍पत्ति 49 : 18
18 “हे प्रभु, मैले तपाईंको उद्धारको प्रतीक्षा गर्दैआएको छु।

भजनसंग्रह 62 : 2
2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्‍छ, उहाँ मेरो किल्‍ला हुनुहुन्‍छ, म कहिल्‍यै डग्‍नेछैनँ।

भजनसंग्रह 25 : 5
5 तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।

भजनसंग्रह 33 : 20
20 हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्‍छ।

भजनसंग्रह 59 : 10
10 मेरा प्रेमी परमेश्‍वर हुनुहुन्‍छ। परमेश्‍वर मेरो अगि जानुहुन्‍छ, र मलाई निन्‍दा गर्नेहरूमाथि विजयमा हेर्न दिनुहुन्‍छ।

हबकूक 2 : 3
3 किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन।

प्रेरित 1 : 4
4 तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्‍तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।”

गलाती 5 : 5
5 किनकि हामी पवित्र आत्‍माद्वारा विश्‍वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं।

१ कोरिन्थी 1 : 7
7 ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *