यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानको कृपा
एफिसी 2 : 8
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
रोमी 3 : 24
24 परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्।
एफिसी 2 : 5
5 यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
तीतस 3 : 7
7 ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं।
तीतस 2 : 11
11 किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ,
रोमी 11 : 6
6 तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
हिब्रू 11 : 6
6 विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
१ पत्रुस 5 : 10
10 सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।
यूहन्ना 1 : 17
17 किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।
रोमी 5 : 2
2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
प्रेरित 15 : 11
11 तर हामी विश्वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्।”
२ कोरिन्थी 9 : 8
8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।
गलाती 2 : 21
21 परमेश्वरको अनुग्रह म पन्साउँदिनँ, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्ट व्यर्थैमा मर्नुभयो।
एफिसी 1 : 7
7 उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,
२ तिमोथी 1 : 9
9 उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो,
१ कोरिन्थी 15 : 10
10 तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो।
यूहन्ना 6 : 44
44 मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
एफिसी 4 : 7
7 तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
Leave a Reply