ब्लास्टिङ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्लास्टिङ

१ राजाहरू 8 : 37
37 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्‍पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्‍छ, कि सलहहरू र फटेङ्‌ग्राहरू आउँछन्, अथवा शत्रुहरूले तिनीहरूको कुनै सहरमा घेरा हाल्‍छन्‌— जुन आपत्‌ वा महामारी आए पनि—

व्यवस्था 28 : 22
22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।

२ राजाहरू 19 : 7
7 ध्‍यानसित सुन्‌! म त्‍यसमा एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि जब त्‍यसले कुनै एउटा प्रतिवेदन सुन्‍नेछ, तब त्‍यो आफ्‍नै देशमा फर्किजानेछ, र म त्‍यहाँ त्‍यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”

यशैया 37 : 7
7 सुन्, म त्‍यसभित्र एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि कुनै हल्‍ला सुनेर त्‍यो आफ्‍नो देशमा फर्केर जानेछ र म त्‍यहाँ त्‍यसलाई तरवारले मार्न लाउनेछु’।”

आमोस 4 : 9
9 “मैले धेरै पल्‍ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।

हाग्‍गै 2 : 17
17 मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्‍नुहुन्‍छ।

प्रस्‍थान 15 : 8
8 तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।

२ शमूएल 22 : 16
16 परमप्रभुको हप्‍कीमा उहाँको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए।

अय्‍यूब 4 : 9
9 परमेश्‍वरको सासले तिनीहरू ध्‍वंस हुन्‍छन्, र उहाँको क्रोधको रापले तिनीहरू नष्‍ट हुन्‍छन्‌।

भजनसंग्रह 18 : 15
15 हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *