ब्याज

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्याज

प्रस्‍थान 22 : 25
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।

व्यवस्था 23 : 19
19 ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू।

व्यवस्था 23 : 19 – 20
19 ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू।
20 विदेशीबाट त तिमीहरू ब्‍याज लिन सक्‍छौ, तर आफ्‍ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्।

इजकिएल 18 : 8
8 त्‍यसले ब्‍याजमा रुपियाँ दिँदैन, कुकर्म गर्नबाट आफ्‍नो हात परै राख्‍छ, मानिस-मानिसको बीचमा सत्‍यसित न्‍याय गर्छ।

लेवीहरू 25 : 37
37 त्‍यसलाई तिमीहरूले ब्‍याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्‍यसलाई नाफा नगरी दिनू।

इजकिएल 18 : 13
13 त्‍यसले ब्‍याजमा रुपियाँ दिन्‍छ र दिएको भन्‍दा बढ़ी लिन्‍छ। के यस्‍तो मानिस जीवित रहन्‍छ र? त्‍यो जीवित रहनेछैन। त्‍यसले यी सबै घिनलाग्‍दा कामहरू गरेको कारणले त्‍यो मारिनैपर्छ, र त्‍यसको रगत त्‍यसकै शिरमाथि पर्नेछ।

लेवीहरू 25 : 35 – 37
35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्‍ये कोही अति गरीब भएर आफ्‍नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्‍तै गरी त्‍यसलाई सहायता दिनू, कि त्‍यो तिमीहरूसित बसिरहन सकोस्‌।
36 त्‍यसलाई ऋण दिँदा ब्‍याज वा नाफा नलिनू। तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्‌।
37 त्‍यसलाई तिमीहरूले ब्‍याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्‍यसलाई नाफा नगरी दिनू।

लूका 6 : 35
35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ।

इजकिएल 18 : 17
17 त्‍यसले पापदेखि आफ्‍नो हात परै राख्‍छ, र ब्‍याजमा रुपियाँ दिँदैन वा दिएको भन्‍दा बढ़ी लिँदैन। मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरू पालन गर्छ। त्‍यो आफ्‍नो बुबाका पापको कारण मर्नेछैन। त्‍यो निश्‍चय नै बाँच्‍नेछ।

इजकिएल 22 : 12
12 तँमा नै मानिसहरूले हत्‍या गर्नलाई घूस लिन्‍छन्‌। तैंले ब्‍याजमा बढ़ी ब्‍याज लिन्‍छस्, आफ्‍नो छिमेकीलाई अन्‍याय गरेर जबरदस्‍ती गरी नाफा लिन्‍छस्‌। अनि तैंले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।

भजनसंग्रह 15 : 5
5 जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

मत्ती 25 : 27
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।

लेवीहरू 25 : 36
36 त्‍यसलाई ऋण दिँदा ब्‍याज वा नाफा नलिनू। तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्‌।

नहेम्‍याह 5 : 1 – 13
1 अब पुरुषहरू र तिनका पत्‍नीहरूले आफ्‍ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए।
2 कतिले भने, “हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं, र हामीहरू बाँच्‍नका निम्‍ति हामीलाई अन्‍नको खाँचो छ।”
3 अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्‍न पाउन हामी आफ्‍ना खेतहरू, दाखबारीहरू र घरहरू बन्‍धक राख्‍दैछौं।”
4 अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्‍ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ।
5 हाम्रो शरीर आफ्‍ना देशका अरू मानिसहरूको शरीरजस्‍तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्‍तै छन्, तापनि हामीलाई आफ्‍ना छोराछोरीहरू कमारा-कमारी तुल्‍याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्‍याइएका छन्, तर हामी केही पनि गर्न सक्‍दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्‌।”
6 तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रीस उठ्यो।
7 ती सबलाई आफ्‍नो मनमा मैले चिन्‍तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्‍ना यहूदी दाजुभाइहरूबाट धेरै ब्‍याज लिँदैछौ।”
8 मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्‍धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्‍ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्‍ने कुरा केही थिएन।
9 मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्‍यजाति शत्रुहरूको नजरमा निन्‍दित नहुनलाई हाम्रा परमेश्‍वरको डर राखेर तिमीहरूलाई बस्‍नुपर्नेथिएन?
10 म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्‍न सापट दिँदैछौं। तर ऋणको लागि ब्‍याज उठाउने काम बन्‍द होस्‌।
11 तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्‍तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्‍याज, अर्थात्‌ रुपियाँपैसा, अन्‍न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।”
12 “हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्‍नुहुन्‍छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ।
13 त्‍यसपछि मैले मेरो खास्‍टोको छेउ टकटक्‍याएर भनें, “आफ्‍नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्‍पत्ति परमेश्‍वरले यसरी नै टकटक्‍याइदेऊन्। त्‍यसलाई यसरी नै टकटक्‍याएर रित्तो बनाइओस्‌।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्‍नो प्रतिज्ञाअनुसार गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *