यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बोल्दै
१ पत्रुस 3 : 15 – 16
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
16 तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्।
रोमी 1 : 16
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
रोमी 10 : 9
9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।
कलस्सी 3 : 16
16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
२ कोरिन्थी 10 : 5
5 परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
हिब्रू 13 : 15
15 यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
एफिसी 5 : 1
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
एफिसी 5 : 19
19 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
यूहन्ना 6 : 67 – 71
67 येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन्
69 र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
Leave a Reply