यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बोझ
मत्ती 11 : 28 – 29
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।
गलाती 6 : 1 – 3
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
3 किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ।
भजनसंग्रह 55 : 22
22 तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।
गलाती 6 : 2
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
मत्ती 5 : 38 – 39
38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ।
मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्।
53 तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र?
54 तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”
Leave a Reply