यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बोक्सीविद्या
प्रस्थान 22 : 18
18 “जादुगरी गर्ने स्त्रीलाई जीवित नराख।
लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 20 : 6
6 “‘जुन मानिस झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर लागेर मलाई विश्वासघात गर्छ, त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नेछु।
लेवीहरू 20 : 27
27 “‘तिमीहरूमध्ये कुनै पुरुष वा स्त्रीले झाँक्री, बोक्सी वा जादू-मन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्’।”
१ शमूएल 28 : 25
25 ती त्यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्यो खानेकुरो खाए, र त्यही रात उनीहरू बिदा भए।
१ शमूएल 28 : 3
3 अब शमूएल मरिसकेका थिए, र सब इस्राएलले तिनको निम्ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाड़ेका थिए। शाऊलले भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिसकेका थिए।
Leave a Reply