यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेनाया
२ शमूएल 8 : 18
18 यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्लाहकार थिए।
१ राजाहरू 1 : 38
38 तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराए, र तिनलाई गीहोनसम्म साथ दिए।
२ शमूएल 23 : 23
23 तिनी ती तीस जनाभन्दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्। दाऊदले तिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए।
१ इतिहास 11 : 25
25 ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरे, तर तिनी ती तीन जनामध्ये गनिएनन्। दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकहरूका मुखिया तुल्याए।
१ इतिहास 27 : 6
6 यिनी ती नै बनायाह थिए, जो तीस जना वीरहरूमध्येका थिए। तिनका छोरा अम्मीजाबाद तिनको भागका जिम्मावाल थिए।
१ राजाहरू 1 : 2
2 यसैकारण तिनका सेवकहरूले तिनलाई भने, “हजूरको सेवा-टहल र हजूरको हेरचाह गर्नलाई कुनै एउटी कन्ये-केटी हामी खोज्छौं। त्यसले हाम्रा महाराजालाई न्यानो पार्न त्यो हजूरसँगै सुतोस्।”
१ राजाहरू 4 : 4
4 यहोयादाका छोरा बनायाह— मुख्य सेनापति, सादोक र अबियाथार— पूजाहारीहरू,
२ शमूएल 23 : 30
30 पिरातोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
१ इतिहास 11 : 31
31 बेन्यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
१ इतिहास 27 : 14
14 एघारौँ, एघारौँ महिनाको लागि एफ्राइमका पिरातोनी बनायाह जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए।
१ इतिहास 15 : 18
18 अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
१ इतिहास 15 : 20
20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्ने राग बजाउन नियुक्त भए।
१ इतिहास 16 : 5
5 तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे।
१ इतिहास 15 : 24
24 अनि शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्वरका सन्दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्दूकको निम्ति द्वारपाल थिए।
१ इतिहास 16 : 6
6 अनि परमेश्वरका करारको सन्दूकको अगि निरन्तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।
२ इतिहास 20 : 14
14 तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।
२ इतिहास 31 : 13
13 राजा हिजकिया र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले कोनन्याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।
Leave a Reply