यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-रेहोब
न्यायकर्ताहरू 18 : 28
28 उनीहरूलाई बचाउने कोही थिएन, किनभने त्यो सहर सीदोनदेखि टाढ़ामा थियो, र कसैसित उनीहरूको सम्पर्क थिएन। त्यो सहर बेथ-रहोबका नजिकको उपत्यकामा थियो। दानवंशीहरूले त्यस सहरलाई फेरि बनाए, र त्यसमा बसोबास गर्न लागे।
२ शमूएल 10 : 6
6 दाऊदसँग उनीहरूको व्यवहार नराम्रो भएको जब अम्मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्नो सहायताको निम्ति ज्यालामा ल्याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्यालामा ल्याए।
२ शमूएल 10 : 8
8 अम्मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्ति मोर्चा बाँधे।
Leave a Reply