बेइमान लाभ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेइमान लाभ

हितोपदेश 13 : 11
11 बेईमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्‍मा गरेको धन बढ्‌दैजान्‍छ।

हितोपदेश 28 : 20
20 विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन।

इजकिएल 22 : 27
27 त्‍यसमा भएका त्‍यसका अधिकारीहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌। तिनीहरूले बेईमानीसित नाफा कमाउनलाई रगत बगाएर मानिसहरूलाई मार्छन्‌।

हितोपदेश 11 : 1
1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

हितोपदेश 23 : 4 – 5
4 धनी बन्‍न आफूलाई बेसरी नघोट्‌, बुद्धिमानी बनी संयम गर्‌।
5 धनको एक झलक पाइन्‍छ, र त्‍यो गइहाल्‍छ, किनभने त्‍यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्‍यो उड़ेर जानेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *