यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेइमानी
लेवीहरू 6 : 7
7 यसरी पूजाहारीले त्यसको निम्ति परमप्रभुको सामु प्रायश्चित गर्नेछन्, र जुन कुराको कारणले त्यो दोषी ठहरिएको हो, त्यो त्यसलाई क्षमा हुनेछ।”
लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। “‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्।
लेवीहरू 19 : 36
36 तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
व्यवस्था 25 : 16
16 किनकि यस्ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
अय्यूब 24 : 11
11 तिनीहरू कौसीमा जैतून पेल्छन्, तिनीहरू कोल ता पेल्छन् तापनि तिर्खाउँछन्।
भजनसंग्रह 37 : 21
21 दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्।
भजनसंग्रह 50 : 18
18 चोरलाई भेट्दा तँ चोरकै साथी हुन्छस्, अनि तँ व्यभिचारीहरूको सङ्गत गर्छस्।
भजनसंग्रह 62 : 10
10 धुत्ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्पत्ति बढ़्यो भने त्यसमा आफ्नो हृदय नलगाओ।
हितोपदेश 3 : 28
28 जब कि तँसँग त्यो अहिले नै छ, आफ्नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्।
हितोपदेश 11 : 1
1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
हितोपदेश 20 : 10
10 भिन्नै नमिल्ने ढकहरू र नापहरू परमप्रभु घृणा गर्नुहुन्छ।
हितोपदेश 20 : 14
14 ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्नो खरीद गराइमा त्यसले धाक लाउँछ।
हितोपदेश 20 : 17
17 छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ।
हितोपदेश 20 : 23
23 परमप्रभु घट्बढ् नाप-तौल घृणा गर्नुहुन्छ, र छली तराजूले उहाँलाई प्रसन्न तुल्याउँदैन।
यशैया 32 : 7
7 बदमाशहरूको चाल दुष्टै हुन्छ, दरिद्रहरूका माग न्यायसङ्गत भए तापनि गरीबहरूलाई झूटो कुराले नाश गर्नलाई त्यसले दुष्ट उपायहरू रच्दछ।
यर्मिया 7 : 10
10 अनि त्यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्ने खड़ा भएर भन्छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्क बस्छौ?
यर्मिया 9 : 6
6 तँ छलहरूका बीचमा बस्छस्। आफ्नो छलमा तिनीहरू मलाई चिन्न इन्कार गर्छन्,” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 9 : 8
8 तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्यसले छलको कुरा बोल्दछ। हरेकले आफ्नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्यसको विरुद्ध ढुकेर पासो थाप्दछ।
यर्मिया 22 : 13
13 “धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँदछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्ना मेहनतको ज्याला दिँदैन।
इजकिएल 22 : 29
29 देशका मानिसहरूचाहिँ जबरजस्तीसँग लिने र चोरी गर्ने गर्छन्। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गर्छन्, र न्यायलाई इन्कार गरेर विदेशीहरूसँग दुर्व्यवहार गर्छन्।
होशे 4 : 2
2 यहाँ सराप दिनु, झूट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्यामाथि हत्या गर्छन्।
होशे 12 : 7
7 व्यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्यो मन पराउँछ।
आमोस 3 : 10
10 परमप्रभु भन्नुहुन्छ, “तिनीहरू ठीक काम गर्न जान्दैनन्। तिनीहरू लूट र डकैतीका माल आफ्ना किल्लाहरूभित्र सञ्चय गर्छन्।”
आमोस 8 : 5
5 तिमीहरू जसले भन्छौ, “औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं? अनि शबाथ कहिले समाप्त हुन्छ र हामी गहूँ बेच्न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्न सकौंला।
मीका 6 : 11
11 के कपटको तराजू र छलका ढकको थैलो राख्नेलाई म निर्दोष तुल्याऊँ?
नहूम 3 : 1
1 रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन।
सपन्याह 1 : 9
9 त्यस दिन सँघारमा खुट्टाले नटेक्ने, र आफ्ना देवताहरूको मन्दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु।
जकरिया 5 : 4
4 सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्यो पस्नेछ, र त्यो घरभित्र रहनेछ र त्यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”
Leave a Reply