यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुद्धिमान पुरुषहरू
उत्पत्ति 41 : 8
8 बिहान उनको हृदयमा ठूलो चिन्ता पर्यो, अनि उनले मिश्रका सबै जादूगर र त्यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्यहाँ कोही भएन।
उत्पत्ति 41 : 24
24 ती सेप्रा बालाहरूले ती सात वटा असल बालाहरूलाई निलिहाले। मैले जादूगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन।”
प्रस्थान 7 : 11
11 तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्नो गोप्य सीपले त्यसै गरे:
१ राजाहरू 4 : 34
34 सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे।
दानिएल 4 : 18
18 “म राजा नबूकदनेसरले देखेको सपना यही हो। अब हे बेलतसजर, यसको अर्थ मलाई बताइदेऊ, किनभने मेरो राज्यमा भएका ज्ञानी पुरुषहरूमध्ये कसैले पनि यसको अर्थ मलाई बताउन सक्दैन। तर तिमीले सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छ।”
दानिएल 5 : 8
8 तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्।
Leave a Reply