बियर पिउने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बियर पिउने

हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।

एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

उपदेशक 9 : 7
7 आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ।

यशैया 5 : 11
11 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌!

यशैया 5 : 22
22 धिक्‍कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्,

हितोपदेश 23 : 29 – 35
29 कष्‍ट कसलाई हुन्‍छ? शोक कसलाई हुन्‍छ? कलह कसलाई हुन्‍छ? गुनासो कसलाई हुन्‍छ? कसलाई अनावश्‍यक चोटपटक लाग्‍छ? कसका आँखाहरू रगतजस्‍ता राता हुन्‍छन्‌?
30 तिनीहरूकै जो मद्यमै भुलिरहन्‍छन्, जुनहरू मिश्रित मद्यको प्‍याला चाख्‍न जान्‍छन्‌।
31 रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ!
32 अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ, र गोमनले झैँ विष हालिदिन्‍छ।
33 तेरा आँखाले अनौठा दृश्‍यहरू देख्‍नेछन्, र तेरो मनले अलमल्‍याउने कुराहरू विचार गर्नेछ।
34 महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्‍तूलका डोरीको मास्‍तिर झुण्‍डिरहेझैँ तँ हुनेछस्‌।
35 तैंले भन्‍नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्‍दैन! तिनीहरू मलाई पिट्‌छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्‍यूझुँला, र म अझ पिउन सक्‍नेछु?”

१ कोरिन्थी 6 : 10
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

हितोपदेश 23 : 31
31 रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ!

गलाती 5 : 21
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

न्यायकर्ताहरू 13 : 4
4 अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू,

हितोपदेश 31 : 6 – 7
6 तिनीहरूलाई मदिरा देऊ जो नष्‍ट भइरहेका छन्, दाखमद्य त्‍यस्‍ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।
7 तिनीहरूले पिऊन्‌ र आफ्‍नो दरिद्रता भुलून्, र आफ्‍नो वेदना फेरि नसम्‍झून्‌।

१ तिमोथी 5 : 23
23 अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।

हबकूक 2 : 15
15 “धिक्‍कार त्‍यसलाई, जसले आफ्‍ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्‍नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्‍ल पार्छन्‌।

१ तिमोथी 3 : 8
8 त्‍यसै गरी डिकनहरू पनि गम्‍भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन,

लेवीहरू 10 : 9
9 “तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाखमद्य अथवा अरू मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” यो तिमीहरूका आउँदा पुस्‍ताहरूमा अन्‍नबलिको विधि होस्‌।

रोमी 13 : 13
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।

उपदेशक 10 : 19
19 खुशीयालीको लागि भोज तयार गरिन्‍छ, र दाखमद्यले जीवनलाई आनन्‍दित तुल्‍याउँछ। तर, पैसाले नै हर कुरा सुल्‍झाउँछ।

लूका 21 : 34
34 “तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।

यशैया 5 : 11 – 12
11 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌!
12 तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्‍छन्, तर तिनीहरू परमप्रभुका कामको वास्‍ता गर्दैनन्‌। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *