यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाशा
१ राजाहरू 15 : 22
22 तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्यामीनको गेबा र मिस्पालाई पनि निर्माण गरे।
१ राजाहरू 15 : 34
34 यारोबामकै चालहरूमा चलेर, र तिनले इस्राएलीहरूलाई गर्न लाएका पापहरू गरेर तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए ती गरे।
१ राजाहरू 16 : 7
7 त्यसबाहेक परमप्रभुको दृष्टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रीस उठाइएको र यारोबामको घरानाजस्तै भएको कारणले— अनि तिनले त्यसलाई नाश गरेको कारणले पनि— बाशा र तिनको घरानाकहाँ परमप्रभुको यो वचन हनानीका छोरा येहू अगमवक्ताद्वारा आयो।
१ राजाहरू 21 : 22
22 तैंले मलाई रीस उठाएको र इस्राएललाई पाप गर्न लगाएको कारण म तेरो घरानालाई नबातको छोरा यारोबाम र अहियाहको छोरो बाशालाई गरेझैँ गर्नेछु।
२ राजाहरू 9 : 9
9 म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु।
२ इतिहास 16 : 6
6 त्यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्पालाई मजबूत पार्न ती प्रयोग गरे।
यर्मिया 41 : 9
9 त्यो इनार, जहाँ इश्माएलले गदल्याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्यो त्यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्ति खनाएका थिए। नतन्याहको छोरो इश्माएलले आफूले मारेका मानिसहरूले त्यो भरिदियो।
Leave a Reply