बाल-पेराजिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाल-पेराजिम

२ शमूएल 5 : 20
20 तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम [1] राखियो।

१ इतिहास 14 : 11
11 यसैले दाऊद र तिनका मानिसहरू उक्‍लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्‍यसको किनार भत्‍काएझैँ परमेश्‍वरले मद्वारा मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम [1] राखियो।

यशैया 28 : 21
21 पराजीम पर्वतमा उठ्‌नुभएझैँ परमप्रभु उठ्‌नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्‍नुभएझैँ जाग्‍नुहुनेछ— आफ्‍नो काम, आफ्‍नो अनौठो काम गर्न र आफ्‍नो कार्य, अर्थात्‌ आफ्‍नो अर्कै कार्य पूरा गर्न।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *