बालाम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बालाम

व्यवस्था 23 : 4
4 किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्‍वागत गरेनन्‌। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्‍ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्‍न भनी पैसा दिएर बोलाए।

यहोशू 13 : 22
22 लड़ाइँमा मारिएकाहरूबाहेक बओरका छोरा, ईश्‍वरवाणी गर्ने बालामलाई पनि इस्राएलीहरूले तरवारले मारे।

गन्ती 24 : 9
9 तिनीहरू सिंहझैँ लेटिरहन्‍छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष्‌ दिने हरेक आशिषित होस्‌। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्‌।”

२ पत्रुस 2 : 16
16 त्‍यसले आफ्‍नै अपराधको निम्‍ति हप्‍की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्‍यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो।

गन्ती 22 : 7
7 मोआब र मिद्यानका बुढापाकाहरूले जोखनाको दक्षिणा लिए, र बालामकहाँ आएर बालाकको समाचार दिए।

यहोशू 24 : 9
9 तब मोआबको राजा सिप्‍पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्‍यो। अनि तिमीहरूलाई सराप दिनलाई त्‍यसले बओरको छोरा बालामलाई डाकिपठायो।

नहेम्‍याह 13 : 2
2 किनभने उनीहरू रोटी र पानी लिएर इस्राएलीहरूसित भेट गर्न आएनन्, तर तिनीहरूलाई सराप दिन बालामलाई ज्‍यालामा बोलाएका थिए। तापनि हाम्रा परमेश्‍वरले त्‍यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभएको थियो।

मीका 6 : 5
5 हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।”

गन्ती 22 : 35
35 परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्‍छु, त्‍यही मात्र तैंले बोल्‌।” यसकारण बालाम बालाकका मुख्‍य व्‍यक्तिहरूका साथमा गए।

२ पत्रुस 2 : 16
16 त्‍यसले आफ्‍नै अपराधको निम्‍ति हप्‍की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्‍यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो।

गन्ती 31 : 16
16 हेर, यिनीहरूले नै बालामको युक्तिद्वारा इस्राएलीहरूलाई पोरमा परमप्रभुको विरुद्धमा अपराध गर्न लाएका थिए। यसैले समुदायको बीचमा विपत्ति पनि आएको थियो।

प्रकाश 2 : 15
15 यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्‌।

२ पत्रुस 2 : 15
15 सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्‌। खराब कामको लाभ असल मान्‍ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्‌।

गन्ती 31 : 8
8 मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे।

यहोशू 13 : 22
22 लड़ाइँमा मारिएकाहरूबाहेक बओरका छोरा, ईश्‍वरवाणी गर्ने बालामलाई पनि इस्राएलीहरूले तरवारले मारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *