यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बालक
गन्ती 22 : 4
4 मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्वाहा पारेझैँ पार्नेछ।” त्यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए।
यहोशू 24 : 9
9 तब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्यो। अनि तिमीहरूलाई सराप दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकिपठायो।
न्यायकर्ताहरू 11 : 25
25 अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल छौ र? के उसले कहिले इस्राएलसित झगड़ा गरेर आक्रमण गर्यो र?
मीका 6 : 5
5 हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्लाह गरेको थियो, र बओरको छोरा बालामले त्यसलाई के जवाफ दियो, त्यो स्मरण गर। शित्तीमदेखि गिलगालसम्मैको यात्रालाई सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्न सक।”
गन्ती 22 : 7
7 मोआब र मिद्यानका बुढापाकाहरूले जोखनाको दक्षिणा लिए, र बालामकहाँ आएर बालाकको समाचार दिए।
Leave a Reply