यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बादामको रूख
उत्पत्ति 43 : 11
11 तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मूर्र, पेस्ता र हाड़े-बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ।
गन्ती 17 : 8
8 भोलिपल्ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ।
प्रस्थान 25 : 34
34 साथै, सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आ-आफ्नै कोपिला र फूलसमेत होऊन्।
प्रस्थान 37 : 20
20 सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आफ्ना-आफ्नै कोपिला र फूलसमेत थिए।
उपदेशक 12 : 5
5 जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ, र फटेङ्ग्रो पेटले घस्रँदैहिँड्छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्तको घरमा जानेछ, र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।
यर्मिया 1 : 11
11 परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
Leave a Reply