यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाख्रा
व्यवस्था 14 : 4
4 तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्: गोरु, भेड़ा, बोका,
लेवीहरू 11 : 8
8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्ति अशुद्ध हुन्।
उत्पत्ति 27 : 9
9 बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी म बनाइदिऊँ।
१ शमूएल 16 : 20
20 यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए।
प्रस्थान 12 : 5
5 तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू।
२ इतिहास 35 : 7
7 योशियाहले निस्तार-चाड़को निम्ति त्यहाँ उपस्थित भएका सर्वसाधारणका लागि तीन हजार साँढ़े र तीस हजार भेड़ाबाख्रा दान दिए। यी सबै राजाले आफ्नै आमदानीबाट दिए।
उत्पत्ति 15 : 9
9 उहाँले तिनलाई भन्नुभयो, “मेरो निम्ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”
न्यायकर्ताहरू 6 : 19
19 तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए।
न्यायकर्ताहरू 13 : 19
19 तब मानोहले पाठो र उचित अन्नबलि लिएर ती चट्टानमाथि परमप्रभुकहाँ चढ़ाए। अनि मानोह र तिनकी पत्नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्चर्यमय काम गर्नुभयो।
हितोपदेश 27 : 27
27 बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।
गन्ती 31 : 20
20 सबै लुगा र छाला, बाख्राका रौँ र काठका सबै मालसामानहरू तिमीहरूले चोख्याउनुपर्छ।”
१ शमूएल 19 : 13
13 तब मीकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन्, र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढ़ाइदिइन्।
प्रस्थान 26 : 7
7 “पवित्र वासस्थानमाथिका पालको निम्ति बाख्राको भुत्लाका पर्दाहरू बनाउनू। तैंले एघार वटा पर्दा बनाउनू।
प्रस्थान 35 : 23
23 जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्याए।
Leave a Reply