बाइबलले के भन्छ होफनी – बारेमा सबै बाइबल पदहरू होफनी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् होफनी

१ शमूएल 1 : 3
3 एल्‍काना वर्षेनी शीलोमा सर्वशक्तिमान्‌ परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्‍नो सहरबाट उक्‍लेर जाने गर्थे। त्‍यहाँ एलीका दुई छोरा, होप्‍नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।

१ शमूएल 2 : 36
36 तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्‍नेछ र बिन्‍ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस्‌ र मसित खानलाई भोजन होस्‌।”

१ शमूएल 3 : 14
14 यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।”

१ शमूएल 4 : 4
4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान्‌ परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, उहाँका करारको सन्‍दूक तिनीहरूले ल्‍याए। एलीका दुई छोरा, होप्‍नी र पीनहास, त्‍यहाँ सन्‍दूकको साथमा थिए।

१ शमूएल 4 : 11
11 परमेश्‍वरको सन्‍दूक कब्‍जा गरियो, अनि एलीका दुवै छोरा, होप्‍नी र पीनहास मरे।

१ शमूएल 4 : 17
17 त्‍यो समाचार ल्‍याउने मानिसले जवाफ दियो, “इस्राएलीहरू पलिश्‍तीहरूको सामुबाट भागे। सेनामा ठूलो विनाश भएको छ। तपाईंका दुवै छोरा, होप्‍नी र पीनहास मारिए, र परमेश्‍वरको सन्‍दूक पनि खोसियो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *