बाइबलले के भन्छ हेलमेट – बारेमा सबै बाइबल पदहरू हेलमेट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हेलमेट

१ शमूएल 17 : 5
5 त्‍यसको शिरमा काँसाको टोप थियो, र साठी किलो ओजन भएको काँसाको झिलम त्‍यसले लगाएको थियो।

१ शमूएल 17 : 38
38 तब शाऊलले दाऊदलाई आफ्‍नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए।

२ इतिहास 26 : 14
14 जम्‍मै सेनाको निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे।

यर्मिया 46 : 4
4 घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्‍नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्‍काओ। तिमीहरूका कवच लगाओ।

इजकिएल 23 : 24
24 उनीहरू तेरो विरुद्धमा हतियारहरूसित उत्तरबाट रथहरू र गाड़ाहरू र मानिसहरूको भीड़का साथमा आउनेछन्‌। ठूला र साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌। म तँलाई उनीहरूका हातमा दण्‍डको लागि सुम्‍पिदिनेछु, र उनीहरूले आफ्‍नो चलनअनुसार तँलाई दण्‍ड दिनेछन्‌।

यशैया 59 : 17
17 उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्‍त्र लाउनुभयो र जोशलाई पोशाकजस्‍तै पहिरिनुभयो।

एफिसी 6 : 17
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

१ थेसलोनिकी 5 : 8
8 तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्‍वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *